Friday February 07, 2025

गायिका सुशिला गौतमको “गुल्मी चन्द्रकोट” बोलको गीत सार्वजनिक

८ पुष, २०८१ शीतलपाटीन्युज डटकम। 1139


गायिका सुशिला गौतमको “गुल्मी चन्द्रकोट” बोलको गीत सार्वजनिक

शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। गुल्मीको चन्द्रकोट सेरोफेरोमा छायाँकन गरिएको गुल्मी चन्द्रकोट बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायिका सुशिला गौतम र गायक रेशम निर्दोषको स्वरमा सजिएको उक्त गीत गत बुधबार सार्वजनिक भएको हो। 

सुशिला गौतम युट्युब च्यानलमार्फत सार्वजनिक भएको उक्त गीतको शब्द रविन लामिछानेले कोरेका हुन्। इश्वर सिंहले संगीत भरेको गीतलाई एचबीएन किस्मतले संगीत संयोजन,मिक्सिङ,मास्टरिङ गरेका छन्।

गीतको भिडियोमा बिनोद भण्डारी र सञ्जना गुरुङको अभिनय देख्न सकिन् । भिडियोलाई भण्डारीले नै निर्देशन गरेका हुन्। दिनेश पराजुलीले छायाँकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन,कलर तथा जीएफएक्सको काम गरेका छन्। 

गुल्मीको चन्द्रकोट,शान्तिपुर, टिमुरे डाँडा,डिब्रुङ देवी मन्दिर लगायतका पर्यटकीय सम्भावना बोकेका ठाउँहरुलाई गीतको शब्दले उजागर गरेको छ। ‘आफ्नै जन्मभूमीलाई सम्झिएर गाएको गीत हो यो,’ गायिका गौतम भन्दै थिइन्, ‘आज सम्मको सांगीतिक जीवनमा सयौँ गीत गाएँ तर यो गीतले मलाई फेरि एकपटक गुल्मी मै पुर्याएको छ।

’साथै, गुल्मीको परा पर्यटन प्रवर्धनमा यो गीति भिडियोले एउटा इट्टा थप्ने उनको विश्वास छ। गायिका गौतम गुल्मीको शान्तिपुरमा जन्मिएकी हुन्।

Music Video-

 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?