Friday February 07, 2025

हाम्रो इतिहास,संस्कार र पहिचानको सम्मान गरौ- बिनोद बराल

१० पुष, २०८१ शीतलपाटीन्युज डटकम। 1429


हाम्रो इतिहास,संस्कार र पहिचानको सम्मान गरौ- बिनोद बराल

शीतलपाटीन्युज डटकम।
मेरो प्रिय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,

मेरो यो अनुरोध छ कि आउँदै गरेको नयाँ वर्ष २०२५ र टोपी दिवसमा हामी सबैले एकतामा बाँधिन प्रयास गरौं। हाम्रा गौरवशाली नेपाली प्रतीकहरू – ढाका टोपी,म:म र नेपाली झण्डालाई संगै अगाडि बढाउन म तपाईंहरूको साथ र समर्थनको अपेक्षा गर्दछु।

ढाका टोपी हाम्रो पहिचान हो। यो हाम्रो इतिहास,संस्कार र सस्कारको पहिचानको प्रतीक हो। म:मले हाम्रो खानाको मौलिकतालाई विश्वभर चिनाएको छ। अनि नेपाली झण्डाले हाम्रो स्वाभिमान,साहस र राष्ट्रिय एकतालाई प्रकट गरेको छ।

हामी सबैले यस नयाँ वर्ष र टोपी दिवसमा ढाका टोपी लगाएर,म:मको स्वाद चाखेर र हातमा नेपाली झण्डा फहराएर हाम्रो संस्कृतिको सम्मान गरौं। यो अभियानमा तपाईंको सानो सहभागिताले ठूलो प्रभाव पार्न सक्छ।हाम्रो संस्कृति,पहिचान, र नेपालीपनलाई जोगाउन हामी एकजुट होऔं।
“ढाका टोपी,म:म र झण्डा,हाम्रो पहिचान,हाम्रो गौरव।”

आउनुहोस्,यो नयाँ वर्षलाई नेपालीपनको रंगमा सजाऔं।
जय नेपाल! #विनोदबराल #मःम

(बिनोद बराल फेसबुकवालबाट)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?