Monday February 10, 2025

लन्डनका वरिष्ठ चार्टर्ड अकाउन्टेन्ट कृष्ण दाहाल ICAEW को सदस्य निर्वाचित

११ पुष, २०८१ शीतलपाटीन्युज डटकम। 1142


लन्डनका वरिष्ठ चार्टर्ड अकाउन्टेन्ट कृष्ण दाहाल ICAEW को सदस्य निर्वाचित

शीतलपाटीन्युज डटकम।
लन्डन। लन्डनस्थित वरिष्ठ चार्टर्ड अकाउन्टेन्ट कृष्णप्रसाद दाहाल ‘इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स इन इङ्ल्यान्ड एण्ड वेल्स’ को काउन्सिल सदस्यमा निर्वाचित भएका छन्।

सन् २०२५ देखि लागू हुने गरी दाहाल चार वर्षका लागि काउन्सिल सदस्य निर्वाचित भएका हुन्। उनी यस सम्मानित निकायमा सेवा गर्ने १२५ ग्लोबल काउन्सिल सदस्यमध्ये एक र पहिलो नेपाली नागरिक हुनेछन्।

दाहालले यसअघि द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ इन्डियाको यूके च्याप्टर अध्यक्ष र एसीसीए–ह्यारो नेटवर्क प्यानलको अध्यक्षका रूपमा काम गरिसकेका छन्। उनी फोकस सोमर अडिट एण्ड ट्याक्स अकाउन्टेन्ट्स यूकेका साथै बलाड्र्स न्यूम्यान चार्टर्ड अकाउन्टेन्ट्सका प्रवन्ध साझेदार पनि हुन्।

दाहालले नयां भूमिका अन्तर्गत अकाउन्टिङ पेशाको उत्कृष्टताका लागि आफ्नो प्रतिवद्धता जारी राख्दै लेखा परीक्षा र एसुरेन्स संकायको प्रतिनिधित्व गर्ने जनाएका छन्। हाम्रा रणनीति र कार्यक्रमहरूले वर्तमान यथार्थ र भविष्यका चुनौतीहरू दुवैलाई प्रतिबिम्बित गर्ने सुनिश्चित गर्न लेखापरीक्षकहरू र सरोकारवालाहरूसँग नियमित वार्तालापलाई प्रोत्साहन गर्न म प्रतिबद्ध छु। मेरो लक्ष्य नयाँ प्रविधिहरू अन्वेषण, लेखापरीक्षण दृष्टिकोणलाई परिष्कृत र व्यवसाय तथा नियामकहरूको अपेक्षाहरूसँग तालमेल गर्न पहल गर्ने हुनेछ’, दाहालले भने,म उदीयमान प्रवृत्ति मात्र होइन, लेखापरीक्षकहरूलाई बढ्दो जटिल वातावरणमा फस्टाउन सशक्त रुपमा लाग्नेछु।’

द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स इन इङ्गल्याण्ड एण्ड वेल्स एक शीर्ष व्यावसायिक लेखा सम्बन्धी निकाय हो जसले लेखा र वित्तको क्षेत्रमा विश्वको सबैभन्दा समृद्ध प्राविधिक स्रोतहरू प्राप्त गर्दछ। यसले विश्वभरका चार्टर्ड एकाउन्टेन्ट र विद्यार्थीहरूको वृत्ति विकासमा सघाउ पुर्‍याउंछ। सन् १८८० मा ब्रिटिश शाही चार्टरद्वारा स्थापित यो निकायमा अहिले १४६ देशमा २०८,००० सदस्य र विद्यार्थीहरु आबद्ध छन्।
श्रोत- नेपालीलिंक।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?