१९ पुष, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन। लन्डनको प्रतिष्ठित ओटुमा हुने कन्सर्टका लागि गायक विवेक श्रेष्ठसहित कन्दरा ब्याण्डका ७ सदस्यहरु लन्डन उत्रिएका छन्।
सोही कन्सर्टमा आफ्नो प्रतिभा प्रस्तुत गर्न लोकप्रिय गायक स्वप्न सुमन र उनको ब्यान्ड ‘आस्टर्स’ लन्डन आएकै दिन बिहीबार बेलुका कन्दरा टिम पनि यूके उत्रिएको थियो।
‘इन्डिगो एट ओटु’ मा हुन लागेको ‘कन्दरा लाइभ इन यूके’ का लागि आफूहरु उत्साहित भएको गायक श्रेष्ठले बताएका छन।विश्व प्रतिष्ठित लण्डनको ओटुमा परफर्म गर्नु मेरो सपना नै थियो,अहिले त्यो सपना साकार हुन लाग्दा निकै खुशी छु’- गायक श्रेष्ठले हिथ्रो विमानस्थलमा भनेका छन।‘मामाघर इन्टरटेन्मेन्टले यो माहोल मिलाएको उहांहरुप्रति हामी कृतज्ञ छौं श्रेष्ठले भनेका छन। वास्तवमा यो कन्दराका लागि मात्र नभएर नेपाली गीत संगीत र व्याण्डकै लागि ऐतिहासिक कार्यक्रम हुनेछ।’
घरदेशपछि परदेश यात्राको पहिलो शो लन्डन ओटुमा हुनु आफ्ना लागि कोशेढुंगा भएको पनि गायक श्रेष्ठले बताए ।यसअघि लन्डनमा आफ्नो एकल गीत प्रस्तुत भएपनि व्याण्डसहितको यो पहिलो प्रस्तुति अविष्मरणीय हुने विश्वास उनले लिएका छन।
मामाघर इन्टरटेनमेन्टका निर्देशक विमल तिमिल्सेनाले सबै कलाकार आइसकेकाले आफूहरु थप उत्साहित भएको बताए। लामो समयदेखिको तयारी अब अन्तिम घडीमा आइपुगेको छ। हामी केही टिकटमात्र बांकी रहेकाले इच्छुक संगीतप्रेमी दर्शकहरुलाई कन्सर्ट हेर्न आउन निमन्त्रणा गर्छौं,उनले अनुरोध गरेका छन।
आयोजक टिमकी सदस्य कान्ति गुरुङ श्रेष्ठले पनि आमदर्शकहरुलाई कन्सर्टमा आएर कन्दराको गायनको मज्जा लिन अनुरोध गरेकी छन्।४ जनवरी सांझ ‘कन्दरा लाइभ इन यूके’ मा स्वप्न सुमन र ब्यान्डको ओपनिङ प्रस्तुति रहनेछ। साँझ ठीक ७ बजे शुरु हुने कन्सर्टमा स्वप्न एन्ड ब्यान्डले पहिलो एक घण्टा प्रस्तुति गर्नेछन् भने त्यसपछिका लगातार दुई घण्टा कन्दरा ब्यान्डको प्रस्तुति रहनेछ। सोही अवसरमा कन्दरा ब्यान्डको ३२ औं वार्षिकोत्सव पनि मनाइंदैछ।उक्त कन्सर्टपछि राती ११ देखि बिहान ५ बजेसम्म ‘भान्जाभान्जी आफ्टर पार्टी’ को तयारी समेत भइरहेको छ।
ओटुबाट १० मिनेट दुरीमा अवस्थित तीन हजार दर्शक क्षमताको ‘स्टुडियो ३३८’ मा डिजे बिक्कीडिजे एस काजी र डिजे नेपसोलको गीत संगीतमा उक्त पार्टी हुन लागेको हो।
साभार-नेपालीलिंक।
तस्विर- प्रकाश कंडेल