Monday February 10, 2025

प्रवासी नेपाली मंच युकेको २०औ बार्षिकोत्सब भब्य

२३ पुष, २०८१ शीतलपाटीन्युज डटकम। 1171


प्रवासी नेपाली मंच युकेको २०औ बार्षिकोत्सब भब्य

शीतलपाटीन्युज डटकम।

लन्डन । प्रवासी नेपाली मंच युकेको २० औं वार्षिकोत्सव यहाँ भव्य समारोह बीच मनाइएको छ। प्रवासी नेपाली मंच युकेका अध्यक्ष तुङ्गभद्र भुसालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्व अध्यक्षहरु दिनेश घिमिरे,रामशरण सिंखडा,राजेन्द्र पुडासैनी,सुरेन्द्र थपलिया लगायतले शुभकामना मन्तब्य दिएका थिए।


गत आइतबार बेलुका पश्चिम लन्डनको ब्लुरुम भेन्युमा आयोजित समारोहको शुरुमा संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय आङ्ग कल्जंग लामाको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो।


एनआरएनएका केन्द्रीय उपाध्यक्ष तथा संस्थाका पूर्व अध्यक्ष सिम्खडाले २०१४ जनवरी ५ मा आफु मंचको अध्यक्षमा निर्वाचित भएको स्मरण गर्दै अझ जुझारु रुपमा अगाडी बढ्न संस्थालाई शुभकामना दिए। अर्का पुर्व अध्यक्ष पुडासैनीले बार्षिकोत्सवमा सहभागी हुन आउनु भएका सबैलाई धन्यबाद दिएका थिए।

सो अवसरमा पूर्व अध्यक्ष सुरेन्द्र थपलियाले सन् २००४ डिसेम्बर २० का दिन आङ्ग कल्जंग लामाको निवासमा भेला भएर आफुहरुले संस्था स्थापना गरेको स्मरण गर्दै थपलियाले नेपालको उन्नति प्रगति र नेपालीको दुखसुखमा साथ दिनुका साथै मंचले सामाजिक र परोपकारी कामहरु गर्दै आएको जनाउदै श्रमिक राहत कोष खडा गर्न संस्थाले छिट्टै आकर्षक उपहार सहितको राफल टिकट बिक्री अभियान संचालन गर्न लागेको पनि प्रष्ट पारे।

त्यस्तै प्रवासी नेपाली मंच युके इन्चार्ज सरस्वती केसी,प्रवासी नेपाली मंचका पुर्व अध्यक्ष तथा अन्तरराष्ट्रिय कमिटिका उपसचिव कर्ण शाही,ओएनएफ युके नर्थ वेष्ट कमिटि अध्यक्ष भिम लाल भट्टराई लगायतले पनि कार्यक्रम सफलताको शुभकामना दिए।


२० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रवासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटिका अध्यक्ष भक्त गुरुङले सन् २००४ मा तत्कालिन राजा ज्ञानेन्द्रले लोकतन्त्र अपहरण गरेको बेला लोकतन्त्र तथा मानव अधिकारको रक्षा गर्न एनडीएफको स्थापना गरिएको बताएका थिए।उनले नेपाललाई समृद्ध बनाउन यहाँ आर्जन गरेको ज्ञान र धनलाई नेपालसंग जोड्ने र समृद्ध नेपाल बनाउन संस्थाले काम गर्नु पर्नेमा जोड दिएका थिए।उनले डायस्पोरा संग नजोडिंदासम्म नेपालको विकास सम्भव छैन भन्दै भारत लगायत संसारभरि रहेका डायस्पोरालाई समृद्ध नेपाल बनाउन परिचालित गर्नु पर्ने कुरामा पनि जोड दिएका थिए। संबोधन गर्दै प्रवासी नेपाली मंचलाई बढी भन्दा बढी नेपालीहरु सम्म पुराउन आग्रह समेत गर्दै आफ्नो धारणा प्रष्ट पारेका थिए।


कार्यक्रममा उपस्थित शुभकामना मन्तव्य दिंदै राष्ट्रिय स्वतन्त्र पार्टी युकेका अध्यक्ष पवन शर्माले विदेशमा बसेर पनि देशको हितमा केही भए पनि योगदान गर्ने उद्देश्यले नेपालीहरु विभिन्न संगठनमा आबद्ध भएको बताए। उनले राष्ट्रिय स्वतन्त्र पार्टी एक वैकल्पिक पार्टीको रुपमा स्थापित भै सकेको बताउंदै जुनसुकै पार्टीमा भए पनि सुसंस्कृत विचार राख्न उनले आग्रह गरेका थिए।

प्रवासी नेपाली मंच युकेका अध्यक्ष तुङ्गभद्र भुसालले कोभिड महामारीको समयमा मन्चले अन्तरराष्ट्रिय कमिटिसंग मिलेर पोखराको एक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नुका साथै थुप्रै अक्सिजन कन्सनट्रेटरहरु नेपाल पठाएको स्मरण गराएका थिए। उनले सन् २०१५ को महाभूकम्प लगायत विपदको बेलामा सक्दो सहयोग गर्दै आएको पनि जनाएका थिए।कार्यक्रममा सपन राई तथा श्याम खत्रीले विभिन्न गीत प्रस्तुत गरेका थिए। त्यस्तै सीमा अधिकारी,अनीशा लगायतले रोचक नृत्य प्रस्तुत गरे।

प्रवासी नेपाली मंच युकेका सचिव पुण्य रेग्मीले संचालन गरेको सो समारोहमा कार्यक्रम संयोजक कृष्ण भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने उपाध्यक्ष डा.मुकुन्द बास्तोलाले हेल्थ एण्ड सेफ्टीका बारेमा जानकारी गराएका थिए। बार्षिकोत्सवमा बेलायतमा बसोबास गर्ने एमाले सँग निकटता राख्ने नेपालीहरुको उपस्थिति थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?