Monday February 10, 2025

सोलार फार्म बेलचौताराको छैटौ बार्षिक सम्मेलन सम्पन्न

२५ पुष, २०८१ शीतलपाटीन्युज डटकम। 1138


सोलार फार्म बेलचौताराको छैटौ बार्षिक सम्मेलन सम्पन्न

शीतलपाटीन्युज डटकम।
दुलेगौडा,तनहु। सोलार फर्म लिमिटेड बेलचौतारा तनहुको सौर्य विद्युत् आयोजनाको छैटौँ वार्षिक साधारणसभा आयेजनास्थल मै सम्पन्न भएको समाचार छ। 

गत शुक्रबार ३ जनवरी २०२५ मा संस्थाका अध्यक्ष आस बहादुर गुरुड्ग (मोहन गुरुङ)को अध्यक्षतामा आयोजनास्थल बेलचौतारामा साधारणसभा सम्पन्न भएको हो। कम्पनीका सचिव होमचन्द्र श्रेष्ठले सञ्चालन गरेका थिए।

उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै क्याप्टेन हितमान गुरुङले आयोजनाको सफलताको शुभकामना दिएका थिए।साथै शेयरधनी पदम बहादुर गुरुड्ले पनि सफलताको शुभकामना दिएका थिए। 

आर्थिक वर्ष २०८०/८१ को आर्थिक प्रतिवेदन सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पाण्डेले प्रकाश पारेका थिए। उनले यस वर्ष लाभांश बाँडिएको र आगामी वर्ष यसलाई बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए। 

कार्यक्रममा लगानीकर्ताको नैराश्यलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष गुरुड्गले आगामी वर्ष अरू परियोजनामा लगानी गरी सबै लगानीकर्ताले सोचेअनुसार प्रतिफल पाउने बताएका थिए। नेपाल विद्युत् प्राधिकरणबाट थप ९० मेगावाट परियोजना सम्पन्न गर्न सोलार फार्मलाई ठेक्का परेकाले अब कम्पनी ठूलो भएको उनले जानकारी गराए।

सोलार फार्म लिमिटेड र डोल्मा इम्प्याक फन्डको सहकार्यमा ९० मेगावाट परियोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएर अगाडि बढेको उनको भनाइ थियो। कार्यक्रममा प्रमुख लगानीकर्ता डोल्मा इम्पक्ट फन्डका प्रतिनिधि,कुमारी बैंकका प्रतिनिधि र सौर्य उर्जाका लगानी कर्ताहरुको उपस्थिति थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?