२६ पुष, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन। नेपाली कांग्रेसका नेता एवं संघीय सांसद डा. शेखर कोइराला बेलायत आइपुगेका छन् । यही जनवरी १३ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन लगायतका कार्यक्रमका लागि कोइराला बिहीबार राति ९ जनवरी २०२५ मा लन्डनस्थित हिथ्रो बिमानस्थलमा ओर्लिएका हुन् ।
उनलाई बेलायतस्थित नेपाली कांग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरुको जम्बो टोलीले स्वागत गरेको थियो। उनी बेलायतको एसिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा बेलायत आएका हुन्।
नेता कोइरालाले एक साता बेलायतमा रहँदा बेलायती राजनीतिज्ञहरुसंग भेटघाट साथै विभिन्न सहरमा नेपाली समुदाय र कांग्रेस कार्यकर्तासँग पनि अन्तरक्रिया गर्नेछन् ।