Monday February 10, 2025

मेरो डान्स युनिभर्स र मेरो भोइस युनिभर्स सीजन २ को प्रेषमीट सम्पन्न

१ माघ, २०८१ शीतलपाटीन्युज डटकम। 1158


मेरो डान्स युनिभर्स र मेरो भोइस युनिभर्स सीजन २ को प्रेषमीट सम्पन्न

शीतलपाटीन्युज डटकम।
अल्डरसट,लण्डन। बिश्वभर छरिएर रहेका नेपालीभाषी समुदायका गायन र नृत्य क्षेत्रलाई बढावा दिने उद्देश्यले इन्ट्रा-इन्टरनेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अमेरीकाले हालै बेलायतमा एउटा प्रेषमीट सम्पन्न गर्यो। बिश्वस्तरिय अंन्तराष्ट्रिय उत्कृष्ट प्रतिभाहरु पहिचान गर्न अडिसन गर्ने उदेश्यले यो प्रेषमीट गरीएको थियो।
१२ जनवरी २०२५ आईतवार ठमेल रेष्टुरेन्ट बेलायतमा भएको प्रेषमीटमा बेलायतमा रहेका पत्रकारहरु माझ गरीएको प्रेषमीट भब्य भएको थियो।सन २०२३ मा भएको रियालिटी सो को पहिलो सीजन सफलतापुर्वक सम्पन्न  भएकोले उत्साहित हुदै अब दोश्रो रियालिटी सो सम्पन्न गर्न यो प्रेषमीट गरीएको हो।

संसारभरका नेपालीहरुको नेपाली संस्कृति र सास्कृतिक पहिचानलाई संरक्षण,संम्बर्धन र उत्थान गर्ने फाउन्डेसनको उध्देश्य रहेकोले सबै नेपालीलाई एउटै मालामा गास्न र पुस्तान्तरणलाई परम्परा हस्तान्तरण गर्दै कार्यक्रमलाई जिबीत राख्न यो सीजन २ को आयोजना गर्ने घोषणा गरीएको हो।

यो अडिसन बेलायत र वरपरका मुलुकमा बसोबास गर्नेका लागि फेब्रुवरी १५ र १६ मा लण्डनको अल्डरसटस्थित एम्पाएरहल हाईस्ट्रिटमा हुने तय भएको छ। सहभागी हुन चाहाने प्रतिष्पर्दीहरुले फाउन्डेसनको बेवसाईट www.intrafoundatiins.org मार्फत आवेदन दिन सकिने बनाएको छ। दुबै सोका पहिलो हुने सहभागीहरुलाई एक करोड पुरष्कार, दोश्रो हुनेलाई २५ लाख र तेश्रो हुनेलाई १० लाख नगद पुरुष्कार दिने घोषणा गरीएको छ। यो पुरुष्कारले आदिमकाल देखि बिकसित हुदै आएको सास्कृतिक पहिचान संरक्षण हुने र मानव जातीमा मानवताको बिकास हुने फाउण्डेसनले आशा लिएको छ।
यो अडिसनमा इन्ट्रा-नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनको बेवसाईट मार्फत आवेदन गरी छनौट भएका बिश्व भरीबाट छनौट कलाकारहरुलाई फाइनल प्रतिष्पर्दाका लागि काठमाण्डौ लगिने बताइएको छ। छनौट भएका डान्सका लागि १२० र भ्वायसका लागि १२० एवम लण्डनमा छनौट भएका ५ जना प्रतिस्पर्दी पनि फाईनल प्रतिष्पर्दाका लागि नेपाल पुग्ने छन। अन्तराष्ट्रिय स्तरको दुई रियालिटी सो मेरो भ्वाईस युनिभर्श र मेरो डान्स युनिभर्स अघि बढाउन केही आधारभुत नियम बनाईएको र यी नियम भित्र रहेर कार्यक्रम संचालन हुनेछ। 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बेलायतका प्रथम उपाध्यक्ष तथा गायक मनसुनधन थापा मगरले संचालन गरेको प्रेसमीट भब्य भएको र बेलायतस्थित पत्रकारहरुको भब्य उपस्थिती रहेको थियो। कार्यक्रमको बिस्तृत सहभागी एवम जानकारीका लागि इन्ट्रा-नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको वेबसाइट www.intrafoundations.org वा फेसबुक पेज एवम माई इन्ट्रा पनि हेरेर जानकारी लिन सकिने छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?