Monday February 10, 2025

नेपाल -बेलायत सम्बन्ध बारे ब्रिटिश संसदमा अन्तरक्रिया

१ माघ, २०८१ शीतलपाटीन्युज डटकम। 1104


नेपाल -बेलायत सम्बन्ध बारे ब्रिटिश संसदमा अन्तरक्रिया

GNNNEWS-

लन्डन।.ब्रिटिश संसदको पोर्टकुलिस हाउसमा सोमबार बेलुका "नेपाल बेलायत सम्बन्ध" विषयक अन्तरक्रिया  आयोजना गरिएको छ। अन्तरक्रियामा भाग लिन  नेपालबाट आएका  नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा शेखर कोइरालाले नेपाल तथा बेलायतबीच कायम  लामो र गहन सम्बन्ध तथा गोर्खा सैनिकहरुले बेलायतमा इमान्दारिपूर्वक गरेको सेवालाई मध्यनजर गर्दै उनीहरुका जायज माग ढिला नगरी सम्बोधन गरिदिन ब्रिटिश सरकारलाई आग्रह गरे । उनले गएको  दुईसय वर्षको अवधिमा कुनै पनि बेलायती प्रधानमन्त्रीले नेपालको  भ्रमण नगरेको भन्दै ब्रिटिश प्रधानमंत्रीलाई स्वागत गर्न नेपाल इच्छुक रहेको बताए।  

डा कोइरालाले बेलायत नेपालको एक प्रमुख व्यापारिक साझेदार रहेको बताउंदै  संयुक्त अधिराज्यको 'इन्हान्सड फ्रेमवर्क स्किम' अन्तर्गत  नेपाली उत्पादनहरुको उपलव्धता बेलायती बजारमा बढाउन आग्रह गरे।  उनले  चिकित्सक, नर्स, वकिल, विमान चालक, इन्जिनियर, एकाउन्टेन्ट र आतिथ्यताका क्षेत्र लगायत सबै क्षेत्रमा काम गर्ने नेपालीहरुले यहाँको चलायमान अर्थतन्त्रलाई अझ गतिशील बनाउन मदत गरिरहेको जनाए । बढ्दो संख्याका नेपाली मुलका साथीहरु यहाँको चुनाव र चुनावी प्रकृयामा भाग लिइरहेको थाहा पाउँदा खुशी लागेको पनि उनले बताए।


बेलायतको लिड्स विश्वविद्यालयमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा सूर्य सुवेदीले सन् १९२३ मा नेपाल तथा बेलायत बीच सम्पन्न शान्ति तथा मैत्री सन्धिले नेपालको स्वतन्त्रता र सार्वभौम सत्ता प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।  उनले सन् २०१५ मा नयाँ संविधान जारी भए पछि नेपालमा  राजनीतिक स्थायित्व आएको जनाए।  प्रा सुवेदीले सन् १९९७ भन्दा पहिले ब्रिटिश सेनाबाट सेवानिवृत्त गोर्खा सैनिकहरुको माग संबोधन गर्न पनि अनुरोध गरे।

  अन्तरक्रियामा सहभागी बेलायतकी सहायक परराष्ट्र मंत्री क्याथरिन वेष्ट तथा सहायक व्यापार मंत्री गरेथ थोमसले नेपालसंगको सम्बन्धलाई उच्च महत्व दिंदै बेलायतको सहयोग जारी रहने बताए। यो एउटा राम्रो सुरुवात हो।  उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गर्न खट्नु हुने आर के त्रिपाठी, रमेश सरांगकोटी लगायत सबै मित्रहरुलाई हार्दिक धन्यवाद।  

सहायक परराष्ट्र मंत्री क्याथरिन वेष्टले  ब्रिटिश प्रधानमंत्रीले नेपालको भ्रमण गर्ने उपयुक्त समय आएको बताइन्।  उनले जलवायु परिवर्तनबाट नेपालले व्यहोर्नु परिरहेको चुनौतीबारे बेलायत जानकार रहेको बताउंदै नेपालका महत्वपूर्ण सम्पदा सुरक्षित गर्न अन्तरराष्ट्रिय समुदायसंगको सहकार्यमा बेलायतले मदत गर्ने बताइन्। 

व्यापार तथा व्यवसाय मन्त्रालय हेर्ने  सहायक मंत्री गरेथ टमसले बेलायत तथा नेपालबीच सिधा उडान सम्पर्क कायम गर्न आफुले सक्दो पहल गर्ने बताए ।  उनले  गोर्खा सैनिकहरुको योगदानको प्रशंसा गर्दै उनीहरुको माग सम्बोधन गर्न सरकार संवेदन रहेको जनाए   उनले बेलायतमा बसी रहेका नेपालीहरुले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा, केयर लगायत विभिन्न क्षेत्रमा गरेको योगदानको प्रशंसा पनि गरे।

कार्यक्रममा इन्जिनियर राज कुमार त्रिपाठीले नेपाल तथा बेलायतबीच ऐतिहासिक सम्बन्ध बारे प्रकाश पारेका थिए।  रमेश सिंह सरांगकोटीले कार्यक्रमको संचालन गरेका थिए।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?