Monday February 10, 2025

गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङलाई लण्डनमा भब्य स्वागत

२ माघ, २०८१ शीतलपाटीन्युज डटकम। 1093


गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङलाई लण्डनमा भब्य स्वागत

शीतलपाटीन्युज डटकम।
लन्डन। गण्डकी प्रदेशकी सांसद (प्रदेशसभा सदस्य) सरस्वती गुरुङ बेलायत आइपुगेकी छन्। क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको वार्षिक भेटघाट तथा चेलीबेटी भोज कार्यक्रममा सहभागी हुन गुरुङ बेलायत आएकी हुन्। 

सांसद गुरुङलाई लन्डनको हिथ्रो विमानस्थलमा संस्थाका संस्थापक सल्लाहकार चित्रबहादुर गुरुङ,संस्थाका कार्यवाहक अध्यक्ष राम गुरुङ, महासचिव इन्द्र गुरुङ,वरिष्ठ सल्लाहकार हरिगोविन्द गुरुङ, निवर्तमान उपाध्यक्ष एवं कार्यक्रम संयोजक कुमार गुरुङ र उनको श्रीमती मिना गुरुङ,सदस्य देउबहादुर गुरुङ, तमु समाज यूके आमा समूहका पूर्वअध्यक्ष माया गुरुङ, चेलीबेटी प्रमुख लिना गुरुङ, चेलीबेटी महासचिव ध्रुवा गुरुङ र शोभा गुरुङले स्वागत गरेका थिए। 


सोंपाल समाजको संस्थापक अध्यक्ष विजय गुरुङ,माया गुरुङ,सोंपाल समाजको पूर्वअध्यक्षहरू श्रीप्रसाद गुरुङ र चन्द्र गुरुङ,समाजको आमा समूह अध्यक्ष मनदेवी गुरुङ,  समाजका अध्यक्ष जगदीश गुरुङ,कोल्मा बाहकोट समाजका अध्यक्ष चन्द्र गुरुङ, तमु धीं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ,उपाध्यक्ष कमल गुरुङ, पूर्वअध्यक्ष ग्याम गुरुङ, तर्कजङ गुरुङ,केशबहादुर गुरुङ,भोज गुरुङ,नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष विमला सेने,विन्दु गुरुङ,जयन्तीदेवी गुरुङ लगायतले स्वागत गरेका थिए।  
सो क्रममा कार्यवाहक अध्यक्ष राम गुरुङ र चेलीबेटी प्रमुख लिना गुरुङले स्वागत मन्तव्य राखेका थिए। संसद गुरुड्गले आफुलाई बेलायत भ्रमणको निम्तो दिएर विमानस्थलमा आएर भव्य स्वागत गरेकोमा सबैलाई धन्यवाद दिएकी थिईन।

सांसद गुरुङको विशिष्ट उपस्थितिमा भेटघाट तथा भोज कार्यक्रम आगामी १८ जनवरी २०२५ मा हुँदै छ। गुरुङ गण्डकी प्रदेशबाट अमेरिकाको इन्टरनेसनल भिजिटर लिडरसिप प्रोग्राम (आईभीएलपी) मा सहभागी हुने पहिलो सांसद हुन्।
श्रोत-गोर्खा मिडीया।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?