Monday February 10, 2025

एनआरएनहरुलाई भिसा दिने अध्यादेशको एनआरएनए बेल्जियमले ग-यो विरोध

२ माघ, २०८१ शीतलपाटीन्युज डटकम। 1089


GNNNEWS:
युरोप। गैर आवासीय नेपाली नागरिक (एनआरएन) हरुलाई निःशुल्क भिसा दिने समेतका प्रावधान राखी नेपाल सरकारले हालै ल्याएको अध्यादेशको एनआरएनए  बेल्जियमले कडा  विरोध जनाएको छ।  

एनआरएनए  बेल्जियमकी अध्यक्ष सीता सापकोटाद्वारा जारी विज्ञप्तिमा उक्त अध्यादेश  'एक पटकको नेपाली सधैँको नेपाली'  भन्ने  मूल मन्त्र र नेपालको संविधान २०७२ को मर्म तथा  भावना विपरित रहेको जनाइएको छ। 

"नेपालको संविधानले नै  राजनीतिक बाहेकका सबै अधिकार नेपाली नागरिक सरह पाउने कुरा सुनिस्चित गरि सके पछि फेरि एनआरएनहरुले आफ्नै  मातृभूमि जाँदा भिसा लगाउनु पर्ने  प्रावधानले सबै एनआरएनहरुको अवमूल्यन गरेको छ। यसले निस्वार्थ ढंगले नेपालको हितमा होमिने हाम्रो आकांक्षामाथि कुठाराघात गर्ने मात्रै हैन, एनआरएन लगानीलाई दुरुत्साहित गर्नुका साथै  दोस्रो तथा तेश्रो पुस्ताका एनआरएनलाई नेपालसंग जोड्ने हाम्रो पहलमाथि पनि आघात पुग्ने निश्चित छ," विज्ञप्तिमा भनिएको छ। 

विज्ञप्तिमा संसदको आगामी अधिवेशनबाट उक्त प्रावधान सच्याई   एनआरएनहरुलाई नेपालको भ्रमण गर्दा भिसा लगाउनु नपर्ने व्यवस्था गर्न पनि  आग्रह गरेको छ।    यसै गरी एनआरएनए  बेल्जियमले   वंशजको आधारमा प्राप्त नेपाली नागरिकतामा 'एनपी' भन्ने छाप लगाएर नेपाली नागरिकताको निरन्तरता सुनिस्चित गरि दिन पनि नेपालका सबै राजनीतिक दल, नेतृत्व तथा  सांसदहरुलाई अपिल गरेको छ। 

एनआरएनए  बेल्जियमको प्रेस विज्ञप्ति-



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?