Monday February 10, 2025

पुर्व एआईजी नारायण थापाको अध्यक्षतामा नेपाल पूर्व सशस्त्र प्रहरी संघको नयाँ कार्यसमिति चयन

३ माघ, २०८१ शीतलपाटीन्युज डटकम। 1148


पुर्व एआईजी नारायण थापाको अध्यक्षतामा नेपाल पूर्व सशस्त्र प्रहरी संघको नयाँ कार्यसमिति चयन

शीतलपाटीन्युज डटकम।
काठमाडौं। स्थापनाले मुलुकको सबैभन्दा कान्छो सुरक्षा निकाय सशस्त्र प्रहरी बलको अवकाशप्राप्त कर्मचारीको संघ नेपाल पूर्व सशस्त्र प्रहरी संघको १७ औं साधारणसभा सम्पन्न भएको छ।

सशस्त्र प्रहरी कार्यालयको मुख्यालय हल्चोकमा सम्पन्न साधारण सभको उदघाटन संघका संरक्षक सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले गरेका थिए। उक्त अवसरमा आईजी अर्यालले संगठनलाई संघले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै अवकाशप्राप्त संघका कर्मचारीहरुको अनुभवलाई पनि आत्मसाथ गर्दै लगिने जनाए। अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले आगामी ३ वर्षका लागि नयाँ कार्य समिति समेत चयन गर्यो।

छैटौं केन्द्रीय अधिवेशनसमेत रहेको उक्त सभाबाट अवकाशप्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापा सर्वसम्मत रुपमा नयाँ कार्य समितिको अध्यक्षमा चयन भएका थिए। उक्त अवसरमा कार्यसमितिका ३९ सदस्यीय समितिको प्रमाणपत्र वितरण, शपथ ग्रहण तथा जिम्मेवारी हस्तान्तरण समेत गरिएको थियो । उक्त अवसरमा संघका निवर्तमान अध्यक्ष अवकाशप्राप्त एआईजी रविराज थापाले नवनिर्वाचित अध्यक्ष अवकाशप्राप्त एआईजी थापालाई जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

उक्त अवसरमा देश विदेशमा छरिएर रहेका सशस्त्र प्रहरी बलका भूपूहरु, वीरगति प्राप्त तथा दिवंगत हुनेका आश्रित परिवारलाई एकशुत्रमा एकताबद्ध गराउने, भूपूहरुबीच दुख सुखमा साथ दिने र संगठन मार्फत स्वास्थ्य उपचार, सन्ततिलाई शिक्षा जस्ता कल्याणकारी कार्यहरु अघि बढाउने उद्देश्य रहेको समेत प्रष्ट पारिएको थियो ।

उक्त समितिलाई समावेशी तुल्याउने उद्देश्यका साथ सबै दर्जाको समिति बनाइएको र वीरगति प्राप्त गर्ने सहिद परिवारबाट, दिवंगत भूपूहरुको हकदारबाट र अशक्त अवकाश भएकाबाट समेत प्रतिनिधित्व गराइएको नवनिर्वाचित अध्यक्ष थापाले जनाए।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?