Monday February 10, 2025

एनआरएन युके सदस्यता आवेदन खुला

३ माघ, २०८१ शीतलपाटीन्युज डटकम। 1094


एनआरएन युके सदस्यता आवेदन खुला

शीतलपाटीन्युज डटकम।

लण्डन। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद यूके (NRNA- NCC UK) को पन्जिकृत सदस्यता खुल्ला भएकोबारे अत्यन्त जरुरी सूचना ! 

आदरणीय यूके निवासी सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी, दाजुभाई, पत्रकार साथीहरु, तथा एनआरएनए प्रति चासो, सदभाव र स्नेहभाव राख्नु हुने सम्पूर्ण महानुभावहरुमा सादर नमस्कार ! 
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूके (NRNA- NCC UK) का लागि अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) बाट स्वीकृत भइ आए बमोजिम मिति १५ जनवरी २०२५ देखि पन्जिकृत सदस्यता खुल्ला भएकोले  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूकेको विधान २००५ तथा संशोधन २०१७ र सदस्यता सम्बन्धी केन्द्रको विधान तथा मौजुदा नियमावलीहरु समेतलाई मध्यनजर राख्दै सदस्यता सम्बन्धी आकर्षित हुने निम्न बमोजिम नियम र आचारसंहिता निर्माण गरी सम्बन्धित सबैमा जानकारी तथा कार्यान्वयनका लागि यो अत्यन्त जरुरी र महत्त्वपूर्ण सूचना प्रकाशित गरिएको छ ।

संघले आगामी कार्यकाल सन् २०२५-२७ को लागि मिति १५ जनवरी २०२५ का दिनदेखि सदस्यता खुला गरी वितरण सुरु गरिएकोले समयमा नै सदस्यता लिइ गैरआवासीय नेपालीहरुको हक, अधिकार र मताधिकार प्राप्त गर्न विनम्र अनुरोध गर्दछौं । 

सदस्यता प्राप्त गर्ने प्रयोजनका लागि: सदस्यता प्राप्त गर्दा अपनाउनु पर्ने प्रक्रिया, नीति, नियम, कर्तव्य र आचारसंहिता: 

१) गैरआवासीय नेपाली संघ यूकेको सन् २०२५-२०२७ कार्यकालको लागि आम यूकेवासी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुका लागि सदस्यता खुला गरी वितरण गर्न औपचारिक रूपमा केन्द्र (आइसिसी) बाट स्वीकृत र अनुमति प्राप्त भइ आए बमोजिम १५ जनवरी २०२५ देखि लागु हुने गरी सदस्यता खुल्ला गरी वितरण सुरु गरिएको छ । सदस्यता वितरण अवधि आगामी ३१ मे २०२५ रातको २३:५९ बजेसम्म रहनेछ ।

 २) गैरआवासीय नेपाली संघ यूकेको सदस्यता लिनको लागि Google Play Store वा Apple Store बाट SMART NRNA एप्लिकेसन डाउनलोड गरेर "एप" मा भने अनुसार सम्पूर्ण विवरण अनिवार्य भर्नुका साथै तकिएका डकुमेन्टहरु संलग्न गर्नु पर्नेछ । तपाईको परिचय खुल्ले निम्न आईडीहरुलाई मान्यता दिईनेछ : क) पासपोर्ट ख) यूके ड्राईभिङ लाईसेन्स ग) आर्मी ….. कार्ड ४) BioMatric Card ……. ३) अघिल्लो कार्यकाल सन् २०२३-२५ का लागि SMART NRNA एपबाट सदस्यता प्राप्त गर्नु भएका महानुभावले पुरानै इमेल वा फोन नम्बर र पासवर्ड प्रयोग गरी एप भित्र गइ सदस्यता शुल्क तिरी नवीकरण (Renew) गर्न सक्ने सुविधा समेत यसपटकबाट उपलब्ध रहेको छ । 

४) गैरआवासीय नेपाली संघ यूकेको सदस्यता शुल्क १० (दश) पाउण्ड तोकिएको छ । सदस्यता वापतको शुल्क NRNA, UK को तल उल्लेखित बैंक खाता नम्बरमा जम्मा गर्नु पर्नेछ । A/C Name: NON-RESIDENT NEPALI, Sort Code: 60-01-08, Account number: 42421888. Ref: मा तपाईंको पुरा नाम उल्लेख गर्नु होला । बैंक एकाउन्टमा सदस्यता शुल्क १० (दश) पाउण्ड जम्मा गरेको प्रमाण अनिवार्य रूपमा एपबाट भरिएको फारमका साथ संलग्न गरी सदस्यको नाम खुल्ने गरी जम्मा गर्नु पर्नेछ । 

५) "एप" मा सदस्यता भर्दै गर्दा बीचमा छोडिएका फाईलहरु ड्राफ्टमा गएर बस्ने हुनाले सदस्यता भर्न चाहने व्यक्ति आफैंले बाँकी विवरण भरेर पुरा गर्नुपर्ने हुन्छ । पुरा नभरिएका वा डकुमेन्ट पुरा नभएका फाईलहरु स्वीकृत हुने छैनन् । त्यसैले ड्राफ्टमा बसेको फाईलहरुको जिम्मेवारी भर्न चाहने सदस्य स्वयंले लिनुपर्ने हुन्छ। ड्राफ्टमा भएको फाईलका बारेमा भेरिफिकेसन समितिले ईमेल वा अन्य कुनै माध्यमले जानकारी पठाउन सक्छ । तर पूर्ण नभएको त्यस्ता फाईलको लागि गैरआवासीय नेपाली संघ यूके सदस्यता प्रदान गर्न बाध्य हुने छैन ।

 ६) सम्पूर्ण विवरण र प्रकृया पुरा भएका फाईलहरु मात्र अन्तिम स्वीकृतिका लागि भेरिफिकेसन समितिमा आइपुग्दछन् । स्वीकृत हुन आउने सम्पूर्ण फाईल र डकुमेन्टहरुको गहन रूपमा अध्ययन गरिनेछ । गैरआवासीय नेपाली संघको विधि, विधान र नीति नियम पूरा गरी आएका फाईलहरुलाई मात्र स्वीकृत गरिनेछ । यदि संघको विधि, विधान र नीति नियम प्रतिकूल आएको आबेदनहरु जस्तै : बैंकमा पैसा तिरेको प्रमाण नपुगेको, बैंक दाखिला भएको प्रमाणित नभएको वा विवरण गलत भएको, गलत फोटो, गलत आइडी कार्ड वा डकुमेन्टको प्रयोग गरिएको वा समय नपुगेको र संघको विधानसंग मेल नखाने देखिए वा पाइएमा त्यस्ता आवेदनहरु स्वीकार गर्न संघ बाध्य हुने छैन । त्यस्ता आबेदनहरुको प्रमाण राखी सम्बन्धित पक्षलाई जानकारी दिनुपर्ने भए उपलब्ध गराइने छ । 

७)  यस संघको विधि, विधान र नीति नियमहरुको पालन गर्नु  गैरआवासीय नेपाली संघ यूकेका सबै पञ्जिकृत सदस्यहरुको कर्तव्य हुनेछ । यदि कोही व्यक्तिले पंजिकृत सदस्यता  प्राप्त गरिसकेपछि पनि संस्थाको हित वा विधान विपरित कामकारबाही गरेको वा कर्तव्य पालन नगरेको देखिए वा ठहरिएमा संघले सदस्यता खारेजसम्म गर्न सक्नेछ। 

८) सदस्यताको रकम बैंकमा जम्मा भएको यकिन भएपछि मात्र सदस्यता स्वीकृत गरिनेछ । 

९) सदस्यताको रकम बैंक दाखिला हुंदैमा सदस्यता प्राप्त भएको मानिने छैन । गैरआवासीय नेपाली संघले तयार पारेको स्मार्ट (SMART NRNA) एनआरएनए एप मार्फत आवश्यक सम्पूर्ण डेटा भरेर आएमा मात्र सदस्यता स्वीकृत भइ सदस्यता प्राप्त हुनेछ । 

१०) SMART NRNA को एप बाहेक अन्य कुनैपनि निवेदन, म्यासेन्जर, फोन वा ईमेल मार्फत आएको सदस्यता आवेदनलाई मान्यता दिईने छैन र यस्तो आवेदन उपर कुनै कामकारबाही हुने छैन । 

११) गैरआवासीय नेपाली संघ यूकेको सदस्यता वितरणमा विधान विपरीत कुनैपनि खालको कामकारबाही भएको पाइए वा ठहर भएमा कार्यसमितिको बैठकले त्यस्तो गलत कामलाई निरुत्साहित गर्न विधान बमोजिम आवश्यक निर्णय गरी कार्यान्वयन गर्नेछ र यसको जानकारी केन्द्रमा पनि पठाईनेछ। 

१२) गैरआवासीय नेपाली संघ यूकेका पुरानो सदस्यता कार्ड नयाँ सदस्यता भर्न वा प्राप्त गर्न डकुमेन्टको रूपमा मान्यता हुने छैन। अहिले अपनाइएको नयाँ प्रक्रिया बमोजिम पुरै विवरण भरी सन् २०२५-२७ को लागि सदस्यता कार्ड प्राप्त गर्नु पर्नेछ । 

१३) कुनै कारणवस एक व्यक्तिको एक भन्दा बढी सदस्यता फारम भरी कायम हुन आएमा भेरिफिकेसन समितिले आवश्यक जाँचबुझ गरी एउटा बाहेक अन्य सदस्यता खारेज गर्नेछ ।

 १४) गैरआवासीय नेपाली संघ यूकेको सदस्यता लिनको लागि यूकेको पासपोर्ट, रेजिडेन्सी कार्ड, ड्राइभिङ लाइसेन्स वा नेपाली पासपोर्ट भए भिषा सहितको प्रमाण (कम्तीमा २ बर्ष बसेको प्रमाणित हुने कागजात आवश्यक पर्नेछ) । विद्यार्थी तथा कूटनीतिक नियोगका कर्मचारीहरु सदस्यताको लागि योग्य हुनेछैनन्  । यदि कसैले एनआरएनए यूकेका पुरानो कार्डहरुलाई सदस्यता भर्दा डकुमेन्टको रूपमा प्रयोग गरिएको पाइए त्यस्ता आवेदनहरु स्वीकार हुने छैनन् । 

१५) सदस्यता वितरण प्रक्रियाको अनुगमनका लागि एक सुपरिवेक्षण समिति गठन गरिने छ ।

 १६) सदस्यता भर्ने क्रम वा प्रक्रियामा कुनै समस्या आईपरेमा कार्यसमितिका अध्यक्ष, महासचिव प्रमुख निर्वाचन आयुक्त समक्ष ईमेल मार्फत सम्पर्क तथा जानकारी लिन सकिनेछ । 

१७) सदस्यता आवेदन दिने बित्तिकै स्वीकृत हुनेछैन । कागजात पुरा भएको र सदस्यता शुल्क बैंकमा जम्म्मा भएको प्रमाणित नहुंदा सम्म आवेदन स्वीकृत हुनेछैन   ।  तसर्थ ७ (सात) कार्यदिन (Working Days) सम्म पर्खन अनुरोध गरिन्छ ।

 १८) सदस्यताको आवेदन दिंदा बुझाईने कागजात तथा सूचनाहरु पूर्णरुपमा सुरक्षित रहनुका साथै सदस्यता प्राप्ती र यसै संग आबद्ध प्रयोजनको लागि मात्र प्रयोग गरिने छ । GDPR Act 1998 अनुसार ICO मा यस संस्थालाई दर्ता गरी सूचना सुरक्षणको प्रत्याभूति गरिनेछ ।

 २०) कतिपय सूचनाहरु यहांको एपमा दर्ता मोबाईल तथा ईमेलमा प्राप्त हुने हुंदा सदस्यता आबेदन दिंदाको फोन नं र ईमेल सुरक्षित राख्ने तथा आफुले चाहेको बेलामा  त्यसमा पहुंच पुग्नु आवेदकको जिम्मेवारी हुनेछ ।

 २१) नवीकरणको लागी थप कागजाजहरु पेश गरिराख्नु नपर्ने हुंदा यस सम्बन्धि थप जानकारी शिघ्र उपलब्ध गराइने छ।  

पुनश्च: यूकेमा रहनुभएका सबै गैरआवासीय नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा गैरआवासीय नेपाली संघ यूकेको सन् २०२५-२०२७ को कार्यकालको लागि सदस्यता लिई दिनुहुन साथै सदस्यताको व्यापक विस्तारका लागि प्रोत्साहित, प्रेरित र सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

अन्त्यमा,  गैरआवासीय नेपाली संघ यूकेमा केही समयदेखि  केही अभियन्ता साथीहरु छुट्टै हिड्ने प्रयासमा हुनुहुन्छ । यो सत्यलाई स्वीकार्दै गैरआवासीय नेपालीहरुको आम हितको लागि हाम्रो दर्बिलो एकता नभै प्राप्त उपलब्धिको रक्षा र गर्नु पर्ने तमाम थप संघर्ष जस्तै गोर्खाजहरुको समानताको लडाई, नेपाली नागरिकता निरन्तरताको सवाल तथा आम यूकेवासी नेपालीहरुको दैनानुदिनमा देखा पर्ने समस्याहरुको निराकरणका विषयहरु ओझेलमा पर्ने कटुसत्यलाई हृदयंगम गर्दै संस्थाको बृहत्तर हित र आपसी एकतालाई मजबुत  बनाउन सबैलाई एक हुन आव्हान समेत गर्दछौ । 

 हार्दिक धन्यवाद सहित, 

हितकाजी गुरुङ,  अध्यक्ष
गोबिन्द खरेल,  महासचिव 
रामशरण सिमखडा,  प्रमुख निर्वाचन आयुक्त
 एवं गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (NRNA- NCC, UK) यूके 

मिति: १५ जनवरी २०२५



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?