Thursday March 20, 2025

नेपाली राजदूतावास लण्डनले स्कटल्याण्डमै गएर कन्सुलर सेवा दिने तयारी

५ माघ, २०८१ शीतलपाटीन्युज डटकम। 1168


नेपाली राजदूतावास लण्डनले स्कटल्याण्डमै गएर कन्सुलर सेवा दिने तयारी

शीतलपाटीन्युज डटकम।
लन्डन। लन्डनस्थित नेपाली राजदूतावासले स्कटल्याण्डका विभिन्न स्थानमा कन्सुलर सेवा संचालन गर्ने भएको छ ।

राजदूतावासबाट प्राप्त हुने कन्सुलर सेवा घरदैलोमा उपलब्ध गराउने उद्देश्यले एवर्डिन,एडिनबरा र ग्लास्गोमा घुम्ती सेवा संचालन गर्न लागिएको दूतावासले जनाएको छ।

दूतावासले दिएको जानकारी अनुसार एवर्डिनमा सन् २०२५ फेब्रुअरी १ तारिख शनिबार दिउँसो ४ बजेदेखि साँझसम्म कन्सुलर सेवा संचालन गर्ने भयको छ। त्यसैगरी एडिनबरामा फेब्रुअरी २ तारिख आइतबार बिहान १० देखि दिउँसो ३ बजेसम्म र ग्लास्गोमा फेब्रुअरी ३ तारिख सोमबार १० देखि दिउँसो २ बजेसम्म कन्सुलर सेवा शिविर संचालन गरिने भयको छ।

कन्सुलर सेवामा सन् २०२६ फेब्रुअरीसम्म बहाल रहेका राहदानीको नवीकरण,अधिकृत वारेसनामा,कागजात प्रमाणिकरण, एकतर्फी यात्रा अनुमतिपत्र,पर्यटक भिषा तथा गैरआवासीय नेपाली परिचयपत्र जस्ता सेवा उपलब्ध गराईने भयको छ। जसका लागि आवश्यक पर्ने कागजात,शुल्क र प्रक्रियाबारे दूतावसको वेबसाइटमा उल्लेख छ ।

उक्त निर्धारित समयमा उपस्थित भइ आफूलाई आवश्यक पर्ने सेवा सुविधा लिन दूतावासले सम्पूर्ण स्कटल्याण्डवासीलाई आग्रह गरेको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?