७ माघ, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन। विदेशमा रहेर खेल र समाज विकासमा योगदान दिइरहेको बगर भाइ खलक यूकेको तेस्रो अधिवेसन सम्पन्न भएको छ। बेलायतको अल्डरसटस्थित सुसी मोटो रेस्टुरेन्टमा आइतबार भएको अधिवेशनले ओमप्रकाश गुरुङको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ।समितिको उपाध्यक्षमा चिज गुरुङ, सचिवमा अर्जुन गुरुङ,सहसचिवमा कुमार गुरुङ र कोषाध्यक्षमा भानु थकाली गुरुङ रहेका छन्। यस्तै, सदस्यहरूमा सूर्य गुरुङ, दीपक गुरुङ, मिडिया सेक्रेटरीमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र विमल गुरुङ रहेका छन्।
अध्यक्ष दिलरास गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष भानु थकाली गुरुङ आयव्यय विवरण प्रस्तुत गरेका थिए।.अध्यक्षले आफ्नो कार्यकालमा भएका कामबारे जानकारी गराउँदै साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । संस्थाका संस्थापक अध्यक्ष चन्द्र गुरुङलगायत अग्रज र अन्य पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। यस्तै, बगर भाइ खलक पोखराले पोखरा बगर टुँडिखेलमा आयोजना गर्ने फुटबलका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। जसका लागि प्रतिसदस्य ३० पाउन्ड संकलन गर्ने निर्णय गरेको हो। सहयोग रकम कोषाध्यक्ष भानु थकाली गुरुङको बैंक खातामा जम्मा गर्न अनुरोध गरिएको छ।
संस्थाले हरेक वर्ष ४० वर्षमाथि,५० वर्षमाथि र ६० वर्षमाथि गरी तीन तहको फुटबल प्रतियोगिता गर्दै आएको छ। प्रतियोगिता २८ जनवरीदेखि ३ फेब्रुअरीसम्म सञ्चालन हुनेछ।
(गोर्खामिडीयाबाट)