९ माघ, २०८१
शीतलपाटीन्युज डटकम।
ललितपुर। प्रहरी सेवाको ३० वर्षे कार्यकाल पूरा गरी सेवा निवृत्त भएपछि पूर्वप्रहरी उपरीक्षक अवधेश विष्ट रेष्टुरेन्ट व्यवसायमा व्यस्त हुन थालेका छन्। गत भदौमा सेवा निवृत्त भएपछि यसअघि नै सञ्चालनमा रहेको आफ्नै रेष्टुरेन्टलाई थप व्यवस्थित गर्दै उनले व्यवसायलाई अघि बढाएका हुन्।
उनले सञ्चालन गरेको रेष्टुरेन्टको मुख्य विशेषता भनेको कुकर कफी हो। उनले रेष्टुरेन्टको नाम नै वाहवाह कुकर कफी एण्ड फास्टफुट भनेर राखेका छन्। कफी पारखीहरुले कुकर कफी धेरैले रुचाएको विष्ट बताउँछन्।
कफी बनाउने मेसिन आउनुपहिले कुकरबाट नै कफी बनाइन्थ्यो। तर,मेसिन आएपछि कुकरबाट कफी बनाउने चलन हराएको थियो। विष्टले भने कुकर कफीलाई फेरि सञ्चालनमा ल्याएका छन्। उनको रेष्टुरेन्टमा स्पेशल कुकर कफीबाहेक चिकेन समोसा अर्को नयाँ टेष्ट हो । यो परिकार पनि धेरैले रुचाएका छन्।
त्यस्तै,इण्डियन फ्लेवरमा खानेकुरा बढी रहेको उनले बताए। बोडा पाउ,पापडी चाट जस्ता परिकार रहेको उनले जानकारी दिए। उनको रेष्टुरेण्टको अर्को आकर्षक परिकार भने बिर्यानी पनि हो। उनले हैदरावाद बिर्यानी नभनेर जावलाखेल बिर्यानी नाम दिएका छन्।
इनर्जी ड्रिंक्स पनि छुट्टै फ्लेवरमा उपलव्ध गराएका छन् । दुधमा हर्लिक्स, बर्नभिटा मिसाएर कोल्ड इनर्जी ड्रिंक्स बनाएर नयाँ फ्लेवर दिन खोजिएको उनको भनाइ छ।
उनको रेष्टुरेन्टमा अन्य ठाउँको तुलनामा सस्तोमा खान पाइन्छ। उनले दावीका साथ भने, हाम्रो रेष्टुरेन्टमा जस्तो सस्तो अरु ठाउँ छैन । उनले आफ्नो घरमै रेष्टुरेन्ट सञ्चालन गरेकाले पनि मूल्य सस्तो भएको बताए।
उनको दैनिक २५ देखि ३० हजारको व्यापार हुने गर्छ । आठ जनालाई रोजगारी दिएका छन्। रेष्टुरेन्ट सञ्चालनका लागि १५ लाख रुपियाँ लगानी भएको उनले बताए।
साभार-ABC TV