११ माघ, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन। तीन साताको भ्रमणका लागि तमु धीं यूकेको टोली अध्यक्ष जुमकाजी गुरुड्गको नेतृत्वमा नेपाल भ्रमणमा जाने भएको छ। अध्यक्ष जुमकाजी गुरुङले यो भ्रमण नेपालको पर्यटन प्रवर्द्धनका लागि हुने बताउनु भएको छ।
तमु धीं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा यही ३१ जनवरीमा नेपाल प्रस्थान गर्न लागेको हो। टोलीले नेपालका पर्यटकीय स्थल भ्रमण तथा विभिन्न संस्थाका पदाधिकारी, बुद्धिजीवी र इस्टमित्रसँग भेटघाट गरेर अनुभव शेयर गर्ने छ।
भ्रमणको कार्यक्रम अनुसार ३१ जनवरीमा नेपाल प्रस्थान गर्ने, १ फेब्रुअरीमा काठमाडौंमा डा.जगमान गुरुङसँग भेटघाट गर्ने,२ फेब्रुअरी बिहान पोखरा प्रस्थान गर्ने, ३ फेब्रुवरीमा बौद्ध अर्घौं सदन र बगर भाइ खलकको फुटबल फाइनलमा सहभागी हुनेछ।
फेब्रअरी ४ मा आहा रारा पोखरा गोल्डकपको उद्घाटन समारोहमा सहभागी हुने र ताङ्ले समाजका पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । ५ फेब्रुअरीमा सिक्लेस जाने, फेब्रुअरीमा ६ मा चित्रे,फेब्रुअरीमा ८ मा राम्जा आर्थर, फेब्रुअरीमा ९ मा खाल्टे र १० फेब्रुअरीमा पर्वतमा आँखा शिविर प्रारम्भ गरेर पुन: पोखरा फर्किनेछ।
यस्तै ११ फेब्रुअरीमा तमु सांस्कृतिक प्रतिष्ठान नेपालको कार्यक्रममा सहभागी हुने, १२ फेब्रुअरीमा नौलो घुम्ती,सहारा एकेडेमी,तम धीं यूकेलाई सम्मानका लागि आयोजना गर्ने सम्मान कार्यक्रममा सहभागी हुने छ। सोही दिन तमु धीं आमा समूह भने स्याङ्जातर्फ जाने कार्यक्रम छ।
यस्तै १३ फेब्रुअरीमा पर्यटकीय गाउँ ल्वाङ जाने,१५ फेब्रुअरीमा पोखरा फिर्ता भएर तमु धीं नेपालसँग भेटघाट गर्नेछ।
१५ फेब्रुअरीमा पोखरा म्याराथन,चारभन्ज्याङ तमु समाज च्यारिटी डिनरका साथै आहा रारा पोखरा गोल्डकप फाइनलमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।
यस्तै १६ फेब्रुअरीमा गल्याङ जाने, फेब्रुअरी१७ मा लमजुङ भ्रमण गर्ने,फेब्रुअरी १९ मा काठमाडौं तथा २१ फेब्रुअरीमा बेलायत फर्किने तालिका रहेको तमु धीं यूकेको मिडिया सेक्रेटरी एस के गुरुड्गले जनाउनु भएको छ।