Thursday March 20, 2025

साहारा हंगकंगका सल्लाहाकार एवम कानुन ब्यवसायी देव गुरुड्ग साहारा युकेद्वारा सम्मानित

१८ माघ, २०८१ शीतलपाटीन्युज डटकम। 1368


साहारा हंगकंगका सल्लाहाकार एवम कानुन ब्यवसायी देव गुरुड्ग साहारा युकेद्वारा सम्मानित

शीतलपाटीन्युज डटकम।
फान्बोरो,लण्डन। नेपालको पोखरा लामाचौर घर भै हंगकंगमा कानुनी परामर्स र समाज सेवा गर्नु हुने साहारा हंगकंगका सल्लाहाकार देव गुरुड्ग र गुरुड्गको परिवारलाई साहारा युकेले हिजो ३० जनवरी २०२५ का दिन फानबोरो लण्डनमा भब्य स्बागत गर्यो।


गोरखा प्यालेस फानबोरोमा भएको स्वागत समारोह कार्यक्रमको संचालन पुर्व अध्यक्ष मीन गुरुड्गले गर्नु भएको थियो भने साहारा युकेका उपाध्यक्ष कार्यबाहक अध्यक्ष शारदा गुरुड्गको अघ्यक्षतामा सम्पन्न भएको थियो।

साहारा युकेको ममेन्टो र खादाले सम्मान गरीएको सो समारोहमा सम्मानित गुरुड्गले खुसी हुदै हंगकंगमा रहेर नेपाली समाजलाई कानुनी सहायता गर्न पाएकोमा खुशी ब्यक्त गर्नु भएको थियो। साथै साहारा पोखरा एकाडमी बनाउन, हंगकंग साहारा,युके साहारा र अस्ट्रेलिया साहारा बनाउन अग्रजहरुको भुमिकाको सराहना गर्नु हुदै महान कार्यको सबैलाई धन्यबाद दिनु भएको थियो। कार्यक्रम संचालक पुर्व अध्यक्ष मीन गुरुड्गले सल्लाहाकार गुरुड्को सहयोगको चर्चा गर्नु भयको सो कार्यक्रममा कार्यबाहक अध्यक्ष शारदा गुरुड्गले पनि देव गुरुड्गले गरेको काम उदाहरणिय रहेको बताउनु भयको थियो।

देव गुरुड्ग श्रीमती मीना गुरुड्ग,छोरा प्रिन्स गुरुड्गका साथ छोरी पायल गुरुड्गको ब्रिस्टोल युनिभर्षिटीबाट बायो मेडिकल साइन्सको मास्टर्स डिग्रीको ग्रायुएसन सेरीमनीमा लण्डन आयका बेला यो सम्मान पाएकोमा साहारा युके सपिवारलाई धन्यबाद दिनु भएको थियो ।

पोखरा बगर भाईखलक युकेका नया अध्यक्ष ओम गुरुड्ग र निबर्तमान अध्यक्ष डिलरास गुरुड्गलाई पनि स्वागत गरीएको समारोहमा एनआरएन युके पुर्व अध्यक्ष एवम एनआरएन अन्तराष्ट्रिय सल्लाहाकार सुर्य गुरुड्ग,एनआरएन अन्तराष्ट्रिय उपाधक्ष थर्क सेन, तमुधी युके पुर्व अध्यक्ष रामचन्द्र गुरुड्ग,साहारा युके पुर्व अध्यक्ष कुसाड्ग गुरुड्ग समेत सहारा युके पदाधिकारीहरुको बाक्लो उपस्थिती थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?