Wednesday March 19, 2025

पोखरा भ्रमण बर्ष २०२५ घोषणा हुदै

२५ माघ, २०८१ शीतलपाटीन्युज डटकम। 1178


पोखरा भ्रमण बर्ष २०२५ घोषणा हुदै

शीतलपाटीन्युज डटकम।
पोखरा। पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह आगामी फाल्गुन पहिलो साता हुने भएको छ। पर्यटन राजधानी पोखरामा करिब २० लाख स्वदेशी तथा विदेशी पर्यटकहरू भित्राउने लक्ष्यका साथ शुभारम्भ गर्न लागिएको पोखरा भ्रमण वर्षको औपचारिक घोषणा समारोह फाल्गुन ३ गते शनिवार पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा गर्न लागिएको हो। 

घोषणा समारोहको तयारीका लागि नगर प्रमुख आचार्यको संयोजकत्वमा १ हजार ५० सदस्यीय मुलआयोजक समिति,आचार्य कै नेतृत्वमा एक निर्देशक समिति र पर्यटन क्षेत्रको प्रतिनिधित्वमा कार्यसम्पादन समिति सहित ४३ वटा उपसमितिहरू गठन गरिएका छन्। यी समिति तथा उपसमितिहरूमा पोखरा महानगर क्षेत्रमा क्रियाशील सरकारी र गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिहरू, चार वटै सुरक्षा निकाय,उद्योगी व्यवसायी,सूचना तथा सञ्चार क्षेत्र,राजनीतिक दलका प्रतिनिधिहरू,स्थानीय टोल विकास संस्थाहरू, अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरू लगायतको प्रतिनिधित्व रहेको छ।

भ्रमण वर्षका अवसरमा विदेशमा पोखराको प्रवर्द्धन गर्ने गरी सद्भावना दूतहरू समेत घोषणा गर्ने तयारी गरिएको छ। वर्ष भरी पोखराको पर्यटन प्रवर्द्धनात्मक गतिविधिहरू सञ्चालन गरिने छन्। पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त पहलमा महानगरका ३३ वटै वडाहरूबाट स्थानीय भेषभुषा सहित वृहद झाँकी र्‍याली निकालिने छ। 

पोखरा भ्रमण वर्षको औपचारिक घोषणा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नुहुनेछ।

(पोखरा महानगरपालिकाको फेसबुक पेजबाट साभार।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?