Thursday March 20, 2025

नेपाली समाज वेल्स युकेको आठौँ महाधिबेशन भब्य रुपमा सम्पन्न

२७ माघ, २०८१ शीतलपाटीन्युज डटकम। 1677


नेपाली समाज वेल्स युकेको आठौँ महाधिबेशन भब्य रुपमा सम्पन्न

शीतलपाटीन्युज डटकम।
कार्डिफ,वेल्स। ८ फेब्रुवरी २०२५, शनिवारका दिन नेपाली समाज वेल्स यूकेको आठौँ महाधिबेशन भब्य रुपमा सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी केसीले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रममा सचिब श्रीमती शोभा राणा पोखरेलले उपस्थित सम्पूर्ण सदस्य महानुभाबप्रति स्वागत तथा धन्यवाद ज्ञापन गर्नु भएको थियो। संस्थाका सदस्य महानुभाबहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको संस्थाको आठौँ महाधिबेशनमा सचिब श्रीमती पोखरेलले संस्थाले सातौँ महाधिबेशन देखि आठौँ महाधिबेशन सम्म भए गरेका कार्यक्रमहरुको प्रगति विवरणको प्रतिबेदन पेश गर्नु भएको थियो।

त्यस्तै गरि संस्थाका कोषाध्यक्ष सन्जिब मैनालीले संस्थाको आर्थिक र सहकोषाध्यक्ष श्रीमती कल्पना कन्दंवाले भौतिक सम्पति बिबरण प्रतिबेदनका रुपमा प्रस्तुत गर्नु भयको थियो। 

भेलाले संस्थाको आर्थिक प्रतिबेदन सर्बसम्मत रुपमा पास गरेको थियो।संस्थाका विभिन्न बिभागहरुका तर्फबाट बिभागिय प्रतिबेदनहरु प्रस्तुत गरिएको थियो। नेपाली भाषा तथा पाठशाला बिभाग डा बिकाश रानाभाट,कार्यक्रम तथा खेकुद बिभाग श्रीराम थापा मगर,कला तथा संस्कृति बिभाग भोज नारायण रेग्मी समेतले आआफ्नो विभागको प्रतिबेदन भेलामा प्रस्तुत गर्नु भयो। भेलाले सम्पूर्ण प्रतिबेदन सर्ब सम्मत रुपमा पास गर्यो।
 
बिधान संशोधन समितिका संयोजक डा अमर मल्लले नेपाली समाज वेल्स,यूकेको विधान सम्बन्धि आएका सुझाबहरु भेलामा प्रस्तुत गर्नुभयो। भेलाले मल्लद्वारा प्रस्तुत भएको सुझाबहरु उपर बृहत छलफल पछि आवश्यक कार्य गर्ने गरि महाधिबेशनले पास गर्यो।

अध्यक्ष श्रीमती लक्ष्मी केसीले गत २ बर्षमा भए गरेका कार्यक्रमहरुको हाईलाइट प्रस्तुत गर्दै यस अबधिमा संस्थाको कार्यक्रमहरु सफल पार्न सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभाबहरु प्रति हार्दिक आभारका साथ धन्यवाद व्यक्त गर्नु भएको थियो। संस्थाले हालसम्म गरेको प्रगतिमा खुशी ब्यक्त गर्दै आगामी कार्यसमितिले संस्थाको गौरब अझै उचो बनाउने आशा र भरोसा व्यक्त गर्दै आफ्नो कार्यसमिति बिघटन भएको घोषणाका साथ संस्थाको संशोधित "बिधान २००९", निर्वाचन समितिको नियमावली र सुचना अन्तर्गत रहेर नयाँ कार्यसमिति चयन गर्नका लागि निर्वाचन समितिलाई अनुरोध गर्नुभयो। 

संस्थाका सल्लाहकार एवं पुर्ब अध्यक्ष राम चन्द्र पोखरेल प्रमुख रहनु भएको निर्वाचन समितिमा सदस्य द्वय प.डा. थानेश्वर पाण्डेय र चक्र बहादुर गुरुङले संस्थाका पंजीकृत सदस्य महानुभाबहरु मध्येबाट ११ सदस्यीय नयाँ कार्य समिति निर्बिरोध रुपमा छनौट भएको जानकारी गराउनु भयो।

नव निर्वाचित कार्यसमितिमा पदम पुन अध्यक्ष,श्रीमति शोभा राणा पोखरेल उपाध्यक्ष,बल थापा सचिब,श्रीमती कल्पना कन्दंवा सह सचिब,मतिप्रसाद पुन कोषाध्यक्ष,राम थापा मगर सह-कोषाध्यक्ष र सदस्यहरुमा जस बहदु कन्दवा,श्रीमती सावित्री कार्की,उमेश थापा, श्रीमति सबिना थापा र इन्द्र श्रेष्ठ सर्बसम्मत रुपमा निर्वाचित हुनु भएको छ। 

निर्वाचन समितिले नवनिर्वाचित कार्य समितिलाई पद बहालीको सपथ गराउनु भएको थियो। सो अवसरमा निबर्तमान अध्यक्ष श्रीमती लक्ष्मी केसी र निबर्तमान सचिब शोभा राणा पोखरेलले महाधिबेशनमा बिशेष सहयोग पुर्याउनु हुने निर्वाचन समिति, बिधान संशोधन समिति र लेखा परिक्षण समितिलाई बिशेष धन्यवाद सहित प्रमाण पत्रले सम्मान गर्नु भएको थियो।

सम्मान ग्रहण गर्नेहरुमा: निर्वाचन समिति प्रमुख राम चन्द्र पोखरेल,सदस्य प.डा थानेस्वर पाण्डेय,सदस्य चक्र बहादुर गुरुङ,बिधान संशोधन समिति संयोजक डा अमर मल्ल,सदस्य अमृत घले,सदस्य निरलाल मोक्तान र लेखा परिक्षण संयोजक सूर्य ढकाललाई सम्मान गरिएको थियो। 

नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समिति तथा सिंगो नेपाली समाज वेल्स यूके हार्दीक आभार सहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?