Friday April 25, 2025

राष्ट्रपति ट्रम्पद्वारा सेना प्रमुख तथा नौसेनाका प्रमुखलाई बर्खास्त

१० फाल्गुन, २०८१ शीतलपाटीन्युज डटकम। 1217


राष्ट्रपति ट्रम्पद्वारा सेना प्रमुख तथा नौसेनाका प्रमुखलाई बर्खास्त

शीतलपाटीन्युज डटकम।
अमेरीका। राष्ट्रपति डोनाल्ड ट्रम्पले सेना प्रमुख ( चिफ अफ स्टाफ ) सी. क्यू. ब्राउन जूनियर तथा नौसेनाका प्रमुख लिसा फ्रान्चेट्टी सहित केही शीर्ष सैन्य अधिकारीहरूलाई बर्खास्त गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा प्रकाशित गर्दै सैन्य नेतृत्वमा व्यापक परिवर्तनको संकेत दिएका थिए। त्यसपछि रक्षा सचिव पिट हेगसेथले विज्ञप्ति निकाल्दै एडमिरल फ्रान्चेट्टीलाई पदमुक्त गरेको घोषणा गरे।

ट्रम्प प्रशासनले थप पाँच उच्च पदहरूमा पनि परिवर्तन ल्याउने संकेत गरेको छ। जनरल ब्राउनले अक्टोबर २०२३ मा आफ्नो कार्यकाल सुरु गरेका थिए । उनि दोस्रो अफ्रिकी अमेरिकी(अस्वेत) व्यक्ति थिए ।

फ्रान्चेट्टी नौसेनामा सेवा गर्ने पहिलो महिला थिइन् उनलाई पनि पदमुक्त गरिएको छ। रक्षा सचिव पिट हेगसेथ, जसले विगतमा अमेरिकी सेनाभित्र विविधता, समानता, र समावेशीकरण नीतिहरूको आलोचना गरेका थिए । उनले यी बर्खास्तीहरू कार्यान्वयन गरेका हुन्।

ट्रम्प प्रशासनले सैन्य विभागको पुनर्गठन गर्दै ८% कर्मचारी कटौती गर्ने योजना ल्याएको छ।

यसले के असर पार्न सक्छ?

यो निर्णयले अमेरिकी सैन्य स्थिरतामा ठूलो प्रभाव पार्न सक्छ। प्रमुख सैन्य नेतृत्व हटाइनुले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि अस्थिरता बढ्न सक्छ, किनकि अमेरिकाले विश्वभरि विभिन्न सैन्य अभियानहरू सञ्चालन गरिरहेको छ।

राजनीतिक रूपमा ट्रम्प प्रशासनको यो कदमलाई सेनालाई राजनीतिकरण गर्ने प्रयास भनेर पनि हेरिएको छ।
(ईनेप्लीजबाट साभार)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?