Friday April 25, 2025

लण्डनका लागि महामहिम राजदुत चन्द्र कुमार घिमीरेलाई तमुधि युकेमा भब्य स्वागत

२४ फाल्गुन, २०८१ शीतलपाटीन्युज डटकम। 1195


लण्डनका लागि महामहिम राजदुत चन्द्र कुमार घिमीरेलाई तमुधि युकेमा भब्य स्वागत

शीतलपाटीन्युज डटकम।
लन्डन। तमु धीं यूकेले बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्रकुमार घिमिरेलाई स्मिचेटस्थित तमु धीं भवनमा स्वागत तथा सम्मान गरेको छ। एउटा भब्य कार्यक्रमको आयोजना गर्दै राजदुत घिमीरे र राजदुताबास परिबारलाई सो अवसरमा सम्मान गरीएको हो।

सो स्वागत समारोहको महामहिम राजदूत घिमिरे,तमुधि युके अध्यक्ष जुमकाजी गुरुङ,तमुधि युके संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ र आमा समूह अध्यक्ष कमलादेवी गुरुङले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो।तमुधि युकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रम महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेका थिए। 

कार्यक्रममा अध्यक्ष जुमकाजी गुरुङले राजदूत घिमिरेलाई फेटा र खादाले सम्मान गरेका थिए भने राजदूतको धर्मपत्नी सरिता घिमीरेलाई आमा समूह अध्यक्ष कमलादेवी गुरुङले पछ्यौरा ओढाएर र फुलको गुच्छाले सम्मान गरेकी थिइन। त्यस अवसरमा  उपनियोग प्रमुख विपिन दुवाडी,सैनिक सहचारी महासेनानी अनुप शाह र उनको धर्मपत्नी प्रार्थना भुसाल,प्रथम सचिव उद्धव न्यौपाने,द्वितीय सचिव मिनकुमार राई र उनकी पत्नी, तृतीय सचिव झुपलाल पुन र उनकी पत्नी समेतलाई फेटा,पछ्यौरा,खादा र फुलको गुच्छाले अध्यक्ष जुमकाजी गुरुड्ग र आमा समूह अध्यक्ष कमलादेवी गुरुड्गले स्वागत एवम सम्मान गरेका थिए। 

तमुधि युकेले गरेका कामका गतिबिधीको श्रव्यदृश्य प्रस्तुत गरी शुरु भएको कार्यक्रममा महामहिम राजदुत घिमीरेले सम्बोधन गर्दै तमु धीं यूकेले नेपालमा भूकम्प, कोभिड-१९,बाढीपहिरो, शिक्षा,स्वास्थ्य लगायत क्षेत्रमा गरेको कार्य अन्य संस्थाका लागि अनुकरणिय रहेको बताउदै तमु धीं यूकेको उचाई निकै अग्लो गराएको प्रस्ट पार्दै राजदूत घिमिरेले त्यसलाई कम हुन नदिन आग्रह गरेका थिए। साथै नेपाली राजदूतावास लण्डनको टिमले तमु धीं यूकेसँग सम्भावना भएका ठाउमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए।

सो कार्यक्रममा बोल्दै अध्यक्ष जुमकाजी गुरुङले तमु धीं भवनमा उपस्थित भै स्वागत गर्ने अवसर दिनु भएकोमा राजदूत घिमिरेसहित दूतावास परिवारप्रति आभार व्यक्त गरेका थिए।तमु धीं यूके र नेपाली दूतावास लन्डनबीच निकट सम्बन्ध राखीएको उल्लेख गर्दै अध्यक्ष गुरुङले राजदूत घिमिरेलाई बेलायतमा ४ वर्षे कार्यकालको सफलताको शुभकामना दिएका थिए।

यस्तैगरी सो स्वागत समारोहमा एनआरएनए यूकेका अध्यक्ष तथा तमु धीं यूकेका पूर्वअध्यक्ष हित काजी गुरुङ,संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ लगायतले महामहिम राजदुतलाई तमुधी युकेमा स्वागत गर्दै मन्तव्य राखेका थिए।

कार्यक्रममा तमु धीं यूकेका पूर्वअध्यक्षहरु,संस्थापक अध्यक्ष मीन गुरुड्ग सिक्लिसे,निवर्तमान अध्यक्ष हरी गुरुड्ग,कार्यसमिती पदाधिकारी सदस्यहरु,आमा समूह अध्यक्ष कमलादेवी गुरुङ,निवर्तमान अध्यक्ष,आमा समुह पूर्वअध्यक्षहरु, कार्यसमिति पदाधिकारी तथा सदस्यहरु,ट्रस्टिजहरु, सल्लाहकारहरु,आजीवन सदस्यहरु,एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुड्ग,सहारा यूकेका अध्यक्ष कृष्ण गुरुड्ग,लमजुङ समाजका अध्यक्ष गुरुड्ग,तमु फोरम यूकेका निर्देशक राजु गुरुड्ग,कोल्मा बहाकोट समाज यूकेका अध्यक्ष चन्द्र गुरुड्ग समेतको उपस्थिति थियो।


नेपाल सरकारको पुर्व उर्जा सचिव रहेका महामहिम राजदूत घिमिरे गत १७ जनवरी २०२५ मा बेलायत आएर महामहिम राजदुतको जिम्मेवारी सम्हालेको समाचार छ।

(फोटो- गोर्खा मिडीया समेत)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?