२९ फाल्गुन, २०८१
शीतलपाटीन्युज डटकम।
लण्डन । बन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी (Minister of Forests and Environment of Nepal) वेलायत भ्रमणमा आउने भएका छन् ।
उनी लण्डनमा आयोजना हुने जलवायु–प्रकृति विकास सम्बन्धमा पानी सुरक्षासम्बन्धी कार्यक्रममा सहभागी हुन वेलायत आउन लागेका हुन् ।
विहिवार लण्डन आइपुग्ने मन्त्री शाही सो कार्यक्रम सम्पन्न गरी आगामी आइतवार नेपाल फर्किने कार्यक्रमतय भएको छ।
मन्त्री शाहीको स्वागत तथा सम्मानमा बेलायतस्थित नेपाली राजदुत चन्द्र कुमार घिमिरेले शुक्रबार सांझ लन्डन दुताबासमा बेलायत बसोबास गरेका नेपालीहरुसंग एउटा भेटघाट तथा रात्री भोजको आयोजना गरेका छन्।