Friday April 25, 2025

वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीलाई नेपाली राजदूतावास लण्डनमा भब्य स्वागत

२ चैत्र, २०८१ शीतलपाटीन्युज डटकम। 1193


वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीलाई नेपाली राजदूतावास लण्डनमा भब्य स्वागत

शीतलपाटीन्युज डटकम।
लन्डन। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीलाई जलवायू परिवर्तनको सम्मेलनको अवसरमा लण्डन आएका बखत नेपाली राजदूतावास लण्डनमा भब्य स्वागत गरीयको छ। 

आफ्नो सम्मानमा लन्डनस्थित नेपाली राजदूतावासले १४ मार्च २०२५,शुक्रबार सांझ गरेको स्वागत समारोहमा मन्त्री शाहीले नेपालमा जलवायू परिवर्तनको असर कृषि,पर्यटन र जनजीवनमा परेकाले विकास र प्रजातन्त्रका लागि अग्रणी भूमिका खेलेको देश बेलायतले नेपाललाई सहयोग गर्न अपेक्षा  गरेको ब्यक्त गरेका थिय। उनले जलवायु परिवर्तनको कारण नेपाल अत्यन्तै प्रभावित भएको बताउदै आफ्नो सम्बोधनमा प्रष्ट पारेका छन्। जलवायु र जैविक विविधता संरक्षण बिश्वभर अहिले जल्दोबल्दो विषय बनेको उनको भनाइ थियो।

ब्रिटिश गोर्खाहरुको ऐतिहासिक सम्बन्धले बेलायत नेपाल देश निकट रहेका र दुई देशबीचको सम्बन्ध थप मजवुत बनाउन बेलायतस्थित नेपालीको भूमिका अहंम रहेको पनि पायको उनले उल्लेख गरे। जहां रहेपनि जन्मथलो नेपाललाई आफ्नो तर्फबाट पुर्‍याउनु पर्ने योगदानका लागि मन्त्रीले अनुरोध गरेका थिए।

मन्त्री शाहीले वर्तमान सरकार निश्चित उद्देश्य जस्तै सुशासन,समृद्धि,विकासका माध्यमबाट समृद्ध नेपाल बनाउने जिम्मेवारी लियर आएको र प्रधानमन्त्री केपी शर्मा ओलीले यस उद्देश्य पूरा गर्न गति दिइरहेको उल्लेख समेत उल्लेख गरेका थिए।

मन्त्री शाही बेलायतको विदेश, राष्ट्रमण्डल र विकास कार्यालय (एफसिडिओ) द्वारा आयोजित ‘जल सुरक्षा,जलवायु,प्रकृति र विकासको अन्तरसम्बन्धबारे मन्त्रीस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन बिहीबार लन्डन आएका थिए।


मन्त्री ठकुरीले ९ देश सहभागी मन्त्रीस्तरीय गोलमेच बैठकमा नेपालको जल सुरक्षाका दृष्टिकोण प्रस्तुत गर्दै जलवायुका असरबारे विश्व समुदायको ध्यानाकर्षण गराएको जनाए। नेपालको हिमाल कालो हुदै गयकोमा चिन्ता ब्यक्त गर्दै  पर्यावरणीय संरक्षणमा लाग्न पनि अनुरोध गरे।

साथै मन्त्री शाहीले बिहीबार साँझ बकिङ्घम दरबारमा राजा चार्ल्स तृतीयद्वारा आयोजित जल र जलवायु स्वागत समारोहमा सहभागी भएका थिए। मन्त्री ठकुरीले संबोधन गर्दै राजदरबारमा राजा चार्ल्स तृतीयले राखेको स्वागत समारोहमा सहभागीहरु हुन समय मिलेकोमा धन्यवाद पनि दिएका थिय।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै महामहिम राजदूत चन्द्र कुमार घिमिरेले बेलायत र नेपालबीच दुई शताब्दी भन्दा लामो सम्बन्धको चर्चा गर्दै बेलायतसंग सम्बन्ध मजवुत बनाउन गोर्खाहरुको बिर्ता र योगदान  महत्वपूर्ण रहेको बताए।

उक्त स्वागत समारोहमा नेपाली राजदुताबासका डिसीएम बिपिन दुवाडी, सैनिक सहचरी कर्णेल अनुप शाह, प्रथम सचिव उध्दव न्यौपाने एवम राजदुताबासका कर्मचारीहरु,बेलायतस्थित नेपाली समुदायका लव्ध प्रतिष्ठित व्यक्तित्वहरु, बिबीसी नेपाली सेवाका पुर्व बरिष्ठ पत्रकारहरु,बेलायतका नेपाली पत्रकारहरुको सहभागिता थियो। मन्त्री शाही कार्यक्रम समाप्त गरी आजै शनिवार नेपाल फर्किनु भयको समाचार छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?