२ चैत्र, २०८१
आर के त्रिपाठी लेख्छन् -
नेपालमा अहिले हिन्दु राज्य र संवैधानिक राजतन्त्रको बारेमा घर घर भित्र जे बहस चलि रहेछ,त्यो बहश लाई केबल दुर्गा प्रसाईं,कमल थापा,राजेन्द्र लिङ्देल,लोकेश ढकाल,लक्ष्मण घिमिरे,शंकर भण्डारी,मनिशा कोइराला,शशांक कोइरालाहरुको माग मात्रै हो भन्ने तरिकाले हल्का रूपमा नबुझौं।
संसारका धेरै देशमा गणतन्त्र छ तर संवृद्धि, विकाश,जनताको स्वतन्त्रता र लोकतन्त्र छैन।गणतन्त्र र लोकतन्त्र फरक विषय हुन्।गणतन्त्र हुँदैमा संवृद्धि र विकाश भरपुर हुँदैन। गणतन्त्रमा लोकतन्त्र व्यवहारमा थपिढिंदा देशको संवृद्धि,विकाश जन-स्वतन्त्रता प्राप्त हुन्छ।अमेरिकामा गणतन्त्र छ,लोकतन्त्र छ तर धेरै दल भनिए पनि व्यवहारमा दुई दल मात्र छ।तर पनि विकाश,संवृद्धि स्वतन्त्रता छ।अब Trump ले अगाडी कसरि लान्छन्?हेर्दै जाउँला।
पंचायतले जनतालाई केहि हद स्वतन्त्रता दिएको भए देश र जनताको पक्षमा राम्रो गरेको भए जनता पंचे चोर,देश छोड,पंचायती व्यवस्था मुर्दावाद भन्दै जनता सडकमा नआउनन पनि सक्थे।हामी बहुदलीय व्यवस्थाको साथमा लोकतन्त्र चाहन्छौं,लोकतन्त्र र बहुदलीय व्यवस्था फरक विषय हुन्।
लोकतन्त्र र बहुदलीय व्यवस्था नभए पनि केहि देशले विकाश गरेका छन्।उदाहरण चिन China लाई हेरे हुन्छ।China मा बहुदलीय व्यवस्था छैन।लोकतन्त्र छैन तर विकाश अघि बढेको छ।आर्थिक प्रगती,उत्पादन रफ्तारका अघि बढेको छ।
लोकतन्त्रको साथमा विकाश,संवृद्धि,आर्थिक वृद्धिको साथमा जनताको स्वतन्त्रता सदैब ग्यारेण्टी हुन्छ।अमेरिकामा लोकतन्त्र छ तर बहुदल भनिए पनि व्यवहारत दुई दल मात्र चुनाबमा छन्।बहुदल छैन।
बेलायतमा संवैधानिक राजतन्त्र छ तर लोकतन्त्र छ।विकाश,संवृद्धि,आर्थिक वृद्धिको साथमा जनताको स्वतन्त्रता सदैब ग्यारेण्टी हुन्छ।
कतार र साउदी अरेवियामा सक्रिय राजतन्त्र छ,विकाश छ तर लोकतन्त्र छैन।
हिजो कति कम्युनिष्ठ शाषन भएको देशमा विकाश थियो,संवृद्धि थियो तर स्वतन्त्रता र लोकतन्त्र थिएन।
लोकतन्त्रमा शाषकिय परिवर्तन वा सुधार? व्यवस्थापकिय परिवर्तन वा सुधार?र कार्यपालिका परिवर्तन वा सुधार बारे कुरा राख्न,बोल्न,रोड आन्दोलन गर्न पाईन्छ। गणतन्त्रमा बहुमत जनता जे भन्छन्,त्यो सुनुवाई नहुन पनि सक्छ।
China मा गणतन्त्र छ तर बहुमत जनता स्वतन्त्र पूर्वक बाँच्न,निर्णय लिन दिन चाहन्छन् तर सि जिङ्ग पिङ्ग पूर्ण स्वतन्त्रता दिँदैनन्।
Russia मा गणतन्त्र छ तर बहुमत जनता स्वतन्त्र पूर्वक बाँच्न,निर्णय लिन दिन चाहन्छन् तर पुटीन पूर्ण स्वतन्त्रता दिँदैनन्।
त्यसैले गणतन्त्र र लोकतन्त्र फरक विषय हो। लोकतन्त्रमामा जनता कार्यकारी हुन्छ।जनताले शाषन परिवर्तनको,संविधान परिवर्तनको माग गर्न सक्छन्।यो कि त मतदानबाट संभब हुन्छ, कित रोडको आन्दोलन बाट संभव हुन्छ। मतदानबाट देशको संवैधानिक व्यवस्था परिवर्तन संभव नभए जनताको रोडको आन्दोलनबाट देशको संवैधानिक व्यवस्था परिवर्तन संभब भएको धेरै उदाहरण छन्।
पंचायत मतदानले फालेको होइन,Road को आन्दोलनले फालेको हो।२०४६ सालमा जनता Road मा आए।पंचायत फाले।संवैधानिक राजतन्त्रमा समझधारी गरे।संवैधानिक राजतन्त्र सहितको प्रजातन्त्र आयो।
विद्रोहको नयाँ आवाज आयो।२०६२ २०६३को आन्दोलन आयो।जनता रोडमा आए।गणतन्त्र र लोकतन्त्र आयो।
संवैधानिक राजतन्त्रको पक्षमा अहिले जनताका नयाँ स्वर आएका छन्।हेर्दै जाउँ यो मागमा जनताको सहभागीता र समर्थन एवं रोड आन्दोलन कसरि अगाडी बढ्छ?समयले नै बताउला।
आवाधिक चुनाबको मतदानबाट लोकप्रिय मत ल्याएको गणतान्त्रिक सरकार र संसदलाई पनि लोकतन्त्रको आन्दोलले बडारेको ईतिहाँस छ। लोकतन्त्रमा जनताको माग,आवाजलाई संवोधन गरिन्छ।गणतन्त्रमा प्राय गरिँदैन।तर गणतन्त्र र लोकतन्त्र पूर्ण प्रभावकारी भएको मुलुकामा जनताको आवाज लाई समयमै संवोधन गरिन्छ र विद्रोहलाई काटमारमा परिणत हुन दिइँदैन।
बेलायतमा संवैधानिक राजतन्त्र सहितको पूर्ण लोकतन्त्र र संघियता छ।बेलायत ४ देश मिलेर बनेको छ।Scotland,England,Nortern Ireland र Wales।केहि बर्ष अगाडी Scotland भित्र Scottish जनताले चिया पसलमा Scotland लाई बेलायतबाट बाहिर ल्याउने र आफ्नै Scotland देश बनाउने चर्चा चलाए।यो माग सर्वत्र चर्चा हुँदै थियो। Scotland लाई बेलायतबाट अलग गर्न Scottish जनताले जिन्दावाद,मुर्दावाद र भिड पनि गरेनन्।तर अखबार र चिया पसलमा धेरै चर्चा चल्यो।
बेलायतमा पूर्ण लोकतान्त्रिक संवैधानिक राजतन्त्र सहितको सरकार छ।लोकतान्त्रिक सरकारले जनताको आवाज सुऱ्यो।Scottish जनता जे भन्दछन्,त्यो बेलायत सरकार मान्दछ भन्दै Scotland लाई बेलायतबाट छुट्टिने, नछुट्टिने बारे Scotland भित्र जनमत संग्रह गरायो।धेरै Scottish जनताले Scotland लाई बेलायतमै UK मै रहने गरि बहुमत मतदान गरे।लोकतान्त्रिक सरकारले जनताको आवाज समयमै सुऱ्यो।जनतालाई निर्णयको अधिकार दियो।बेलायतबाट Scotland छुट्टाउने आन्दोलन काटमारमा परिवर्तन भएन। लोकतान्त्रिक सरकारले समयमै राम्रो गऱ्यो। सरकारले अझै विश्वास आर्जन गऱ्यो।
अर्को कुरा के अचम्म भयो भने बेलायतको तत्कालिन महारानीले समेत Scotland लाई बेलायतबाट निस्कने,ननिस्कने भन्ने निर्णय Scottish जनताको हो। म लाई आपत्ती छैन। मेरो सरकार लोकतान्त्रिक सरकार हो।जनता बलवान छन् भनिन्।जनमत संग्रह गराई जनतालाई निर्णय गर्न दिनु पर्छ भनिन्, महारानी र सरकार लोकप्रिय भए।
बेलायतमा केहि बर्ष अघि बेलायत यूरोपियन युनिनियनबाट निस्कनु पर्दछ भन्ने बहस नाईजल फराज र बोरिस जन्सनले चलाय। बहस हरेक घरमा चल्न थाल्यो।बेलायतमा Brixit को आन्दोलनमा ठूलो जिन्दावाद, मुर्दावाद,भिडतन्त्र, तोडफोड,बेलायत बन्द,हड्ताल,काटमार केहि भएको होइन।
लोकतान्त्रिक सरकार नियाल्दै थियो।हरेक बेलायतका जनताका घरमा चर्चा Brexit चुलियो। सरकार लोकतान्त्रिक थियो।जनताको कुरा सुन्नु पर्दछ भन्दै बेलायत ईयुमा रहने वा नरहने बारे युके सरकारले जनमत संग्रह गर्ने निर्णय भयो/लोकतान्त्रिक सरकारले जनमत संग्रह गरायो।बेलायती जनताले बेलायत ईयुबाट बाहिर निस्कने निर्णय गरे।बेलायत अहिले ईयुबाट बाहिर छ।
काटमार,भिड,तोडफोडले माग नगरेको तर जनताको घरमा हरेक दिन चर्चा चलेको विषयमा संसारमा धेरै लोकतान्त्रिक सरकारले जनताको माग संवोधन गर्न जनमत संग्रह गराएको धेरै उदाहरण छ।
नेपालमा गणतन्त्र मात्रै छ वा गणतन्त्र र लोकतन्त्र दुबै छ?मलाई थाहा भएन।विगत १० बर्ष देखि हरेक घरमा चलेको चर्चा संवैधानिक राजतन्त्र र हिन्दु राज्यको बहश छ।
म गणतन्त्र र लोकतन्त्रबादी हूं।यो सरकार गणतन्त्रबादी मात्रै भए म अस्वीकार गर्दछु।यो सरकार गणतन्त्र र लोकतन्त्रवादी भए ठिकै छ।तर लोकतान्त्रिक सरकार भए बेलायतको लोकतान्त्रिक सरकारले जस्तै विगत १० बर्ष देखि हरेक घरमा संवैधानिक राजतन्त्र र हिन्दु राज्यको बहश लाई थप भिडतन्त्र,काटमार, तोडफोड, जिन्दावाद, मुर्दावाद हुन नदिन लोकतान्त्रिक सरकारले यो विषयमा निर्णय लिन अब बेलायतको लोकतान्त्रिक सरकारले जस्तै जनतम संग्रह गराउन पर्दछ। यसमा डराउनु हुँदैन।
जनताले राणातन्त्र चाहिँदैन भने।राणातन्त्र गयो।पञ्चायत चाहिँदैन भने।पंचायत गयो। जनताले संवैधानिक राजतन्त्र चाहिँदैन भने। संवैधानिक राजतन्त्र गयो।
विकाश संवृद्धि र स्तन्त्रताको लागी गणतन्त्र मात्रै अन्तीम विकल्प हुन सक्दैन। गणतन्त्र एउटा शाषकीय पद्धती मात्र हो।गणतन्त्रको मोडेल धेरै छन्।तर विकाश संवृद्धि स्वतन्त्रताको लागी लोकतन्त्रको विकल्प चाहि छैन।त्यो भनेको बहुमत जनता के भन्दछन्?त्यो निर्णय मान्ने हो।
पूर्ण लोकतन्त्र भएको देशमा सरकारले महत्वपूर्ण विषयमा निर्णय लिन जनमत संग्रहको चुनाब गराएको धेरै उदाहरण छ।यदि जनमत संग्रहले गणतन्त्रको स्वरूप फेरि दियो भने गगन थापा,कृष्ण सिटौला लगायत कम्युनिष्ठहरुलाई गणतन्त्र मैले गर्दा आएको भन्ने घमण्ड गुम्ने पिर होला।तर त्यो भ्रम मात्र हो। गणतन्त्र तपाईंहरुले मात्र होईन,लाखौं लाख नेपालीको बलमा आएको हो।केहि अमुक नेताले मात्र गणतन्त्र ल्याएको होइन। यो ल्याउन सयौं शाहिद र हजारौं अंगभङ्ग भएका छन्।
२०६२-२०६३ को आन्दोलनले गणतन्त्र मात्र ल्याएको होइन,लोकतन्त्र पनि ल्याएको हो। लोकतन्त्र भनेको के हो भने जनताले जनताको शाषनको लागी निर्णय गर्ने अधिकार हो। लोकतान्त्रिक जनताले गणतन्त्रको पक्षमा निर्णय दिए। अब तिनै लोकतान्त्रिक जनताले यहि गणतन्त्र राख्ने कि?संवैधानिक राजतन्त्र राख्ने कि ?अन्य विकल्प दिन्छन् कि?त्यो अधिकार जनता संग सदैब हुन्छ।एकपटक गणतन्त्र आए पछि त्यो शाषकीय पद्धती नै अन्तीम हो भन्नु नै अलोकातन्त्रिक सोच हो।
कृष्ण सिटौला र गगन थापाहरुले जनमत संग्रह गराउँदा आफ्नो विगतको सोच असफल हुने र आफ्नो लोकप्रियता खस्कने डरले जनताको लोकतन्त्र भित्रको जनमत संग्रह मार्फत निर्णय गर्न पाउने अधिकार लाई कुण्ठा राखेर बोलिरहँदा र संकुचित हुँदा नेपालको लोकतन्त्रमा ग्रहण लाग्नेछ।
जनता गणतन्त्रको पक्षमा छन्?वा संवैधानिक राजतन्त्रको पक्षमा छन्?भन्ने कुरा आज भन्दा १८ बर्ष अगाडीको २०६२ -२०६३ को रोडमा जम्मा भएको जनताको बिगतको भिडबाट मात्रै निर्णित हुन सक्दैन।यो १८ बर्षमा खोलामा धेरै पानी बगि सक्यो।गणतन्त्र के हो?स्वाद पनि लिईयो।यो १८ बर्षमा जनताको मन,मस्तिष्क सोचमा धेरै परिवर्तन भईसक्यो।अब जनता के निर्णय दिन्छन्?के चाहन्छन्?त्यो चाहीं महत्वपूर्ण हुन्छ।
मलाई लाग्दछ,गणतन्त्रवादीहरुको पक्षमा धेरै जनता छन्?वा संवैधानिक राजतन्त्रको पक्षमा धेरै जनता छन्?वा धर्म निरपेक्षताको बारेमा धेरै जनता छन् कि?वा हिन्दु राज्यको पक्षमा धेरै जनता छन् ?त्यो मापन गर्ने आधार जनमत संग्रह नै हो।
तसर्थ यो पछिल्लो परिस्थितीमा घर घर भित्र चलेको बहस लाई भिड,तोडफोड,काटमार, हिंसा, आतंक,जिन्दावाद, मुर्दाबाद तर्फ धकेली थप क्षती गर्नु भन्दा जनतम संग्रह गराएर निर्णय लिनु उचित हुनेछ।म त लोकतन्त्र वादी हूं। जनताले जनमत संग्रहबाट जे निर्णय दिन्छन्, त्यो मान्ने पक्षमा छु।जनमत संग्रह भयो भने म भोट चाहिं गणतन्त्र सहितको पूर्ण लोकतन्त्रको पक्षमा नै दिन्छु। तर बहुमत नेपाली जनताले जनमत संग्रहमा जे निर्णय गर्दछन् त्यो चाहीं मलाई स्वीकार्य हुनेछ।