Friday April 25, 2025

मे १२ मा दोस्रो मिडलैन्ड भजन किर्तन महोत्सव हुदै

४ चैत्र, २०८१ शीतलपाटीन्युज डटकम। 1184


मे १२ मा दोस्रो मिडलैन्ड भजन किर्तन महोत्सव हुदै

शीतलपाटीन्युज डटकम।
लण्डन। मिडलैन्डवासी नेपालीहरुको संयुक्त समाज साझा नेपाली समाज बेलायतले गत सालबाट शुरु गरेको  भजन किर्तन महोत्सवको दोस्रो संष्करण १२ मे २०२५ मा आयोजना गर्ने निर्णय भएको छ। नेपाली कला र सस्कृतीको संरक्षण र प्रवन्द्धन गर्ने उद्धेष्यले भजन किर्तन महोत्सव गर्न लागिएकोहो।

साझा नेपाली समाजका महासचिव शशांक शर्माका अनुसार सोमबार बसेको साझा नेपाली समाजको बैठकले मिडलैन्डको उल्भरहाम्टनमा बुद्ध जयन्तिको दिन पारि १२ मे सोमवारको दिन दोस्रो मिडलैन्ड भजन किर्तन महोत्सव को आयोजना गरिने बताउनु भयको छ।
यसको संयोजन उपाअध्यक्ष  शिब खरालले गर्नुहुनेछ। संयोजक शिब खरालले यसभन्दा पहिला पनि सामाजिक कार्यक्रमहरु सफलताको साथ संयोजन गरिसक्नुभएको छ भने दोस्रो भजन किर्तन महोत्सव २०२५ पनि गत साल भन्दा अझै भव्यताको साथ सम्पन्न गर्नेमा अध्यक्ष दिपक सापकोटा लगायत सिंगो मिडलैन्डवासी नेपालीहरु विस्वस्त रहेका छन।

मिडलैन्डमा बसोबास गर्ने नेपालीहरुको धार्मिक आस्था बलियो रहेको र नेपाली कला र संस्कृतीलाई दोस्रो पुस्तालाई पनी सिकाउनु पर्दछ भन्ने मनोभावना रहेकोले यस्ता धार्मिक कार्यमा रुची बढ्ने र महोत्सव भब्यहुनेमा कुनै शंका नरहेको महासचिव शर्माको जिकिर थियो।

महासचिव शर्माका अनुसार कार्यक्रमको सहआयोजक मिडलैन्डका सबै स्थानिय समाजहरु हुनेछन। 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?