Friday April 25, 2025

तमुधीं लण्डन इकाईले यही मार्च २९ मा चारीटी कार्यक्रम गर्ने

४ चैत्र, २०८१ शीतलपाटीन्युज डटकम। 1243


तमुधीं लण्डन इकाईले यही मार्च २९ मा चारीटी कार्यक्रम गर्ने

शीतलपाटीन्युज डटकम।
लण्डन। तमुधीं यूके लण्डन इकाईले यहीं मार्च महिनाको २९ गते शनिबार Greenford town Hall मा आफ्नो संस्थाको भवन खरीद गर्न fundraising को लागि परोपकारी रात्रीभोज कार्यक्रमको आयोजना गर्ने भएको छ।

तमुधीं लण्डन इकाई स्थापना भए पश्चात १७ बर्षको दौडानमा पहिलो पटक च्यारीटी डिनर नाईट कार्यक्रमको आयोजनाको पूर्व तयारी सबै पुरा भई सकेको र वेलायतबासी नेपाली दिदिबहिनी दाजुभाईहरुलाई ऊपस्थितिको लागि अनुरोध गर्दै कार्यक्रम सफल बनाईदिन खुल्ला रुपमा अपिल पनि गर्नु भएको कार्यक्रम संयोजक तथा लण्डन इकाईका बरिष्ठ ऊपाध्यक्ष ईश्वर गुरुड्गले जानकारी दिनु भएको छ।

कार्यक्रमलाई थप आकर्षक र मनोरन्जनत्मक बनाऊन भाग्य द्बय चिट्ठ प्रथम ऊपहार चौविस क्यारेट सुन साथै नेपाली गीत गजल,आधुनिक गीत तथा लोक गीत संस्कृतिहरुको भरपूर मनोरन्जन दिन नेपाली कलाकारहरुको दमदार प्रस्तुति रहने पनि जनाऊनु भयो।

सांझ पांच बजेबाट शुरु हुने कार्यक्रम ऊपस्थित अथितिगण लगायत सम्पूर्ण महानुभावहरुको लागि प्रवेश द्वारमा स्वागतको लागि लण्डन इकाईका आमा समुह लगायत पदाधिकारीहरु ऊत्साही रुपमा ऊपस्थित हुने जानकारी दिंदै वेलायतवासी नेपाली दिदिबहिनीहरुलाई ऊपस्थिति भई सहयोगको आपेक्क्ष महासचिव रक गुरुडंले शीतलपाटीन्युज डटकमलाई जानकारी दिनु भयो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?