५ चैत्र, २०८१
शीतलपाटीन्युज डटकम।
लण्डन,अल्डरसट। नेपाल मगर संघ युकेको युएच एस बि शाखाको सातौ महाधिबेशन १६ मार्च २०२५ आईतबारको दिन अल्डर्सटको प्यालेस रेष्टुरेन्टमा सम्पन्न भएको छ। सातौ महाधिबेशनबाट बिर बलाल अधयक्ष जस्तो गरिमामय पदमा निर्बिरोध चयन हुनु भएको छ। यस्तै महिला समितिको अध्यक्ष पदमा नानु राना र युवा समितिमा विपना थापा चयन भएको समाचार छ।
कार्यक्रमको शुभारम्भमा शाखाका अध्यक्ष ऋषि राना, केन्द्रिय मगरसंघ युकेका महासचिब प्रमुख अतिथि गुमानसिं थापा,सस्थापक अध्यक्ष सुनिल राना र रिटायर्ड क्या.बिर बहादुर गाहा मगरले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उदघाटन गरेका थिए।
निर्बाचन समितिको संयोजक मगरसंघ युकेका पुर्व अध्यक्ष मेजर कुल बहादुर थापा,शाखाका सल्लाहकार टेक थापा र कप्तान ताम धेगा रहेको समितीले सो निर्वाचन गराएको थियो। निर्बाचन समितीका अनुसार नयां कार्यसमितिको अध्यक्ष बिर बलाल,उपाध्यक्षमा गणेश बुराथोकी,महिला उपाध्यक्ष नानु राना,सचिबमा पार्वती थापा,सहसचिबमा धन थापा, कोषाध्यक्षमा गोप सिंजाली, सहकोषाध्यक्ष रोजिना थापा, सदस्यहरु दिपक राना,गीता पाईजा, डम्बर थापा,सीला थापा,बबि पाईजा,थम रोका, मनोज पुन,आशा पुन,सीता थापा,चन्द्र पुन र मन्जु राना मनोनित भएका छन्।
त्यस्तै महिला कार्यसमितिको अध्यक्षमा नानु राना, उपाध्यक्षमा पार्वति थापा, सचिबमा फुलमाया थापा, सहसचिबमा मन्जु राना, कोषाध्यक्षमा रजिना थापा, सदस्यहरु बिष्णु थापा,कमला थापा गोमाया थापा,सुकु आले,बिना थापा,हेमा थापा, श्याम कुमारी थापा र जुना थापा रहेका छन्।
युथ कमिटिको अध्यक्षमा बिपना थापा,सचिबमा मेरिन पाईजा,सहसचिब बिपस छन्त्याल,कोषाधयक्ष सुभानी राना,सहकोषाध्यक्ष पुजन थापा, मिडिया सचिब जस्मिन पुन,सास्कृतिक सचिब प्रमिना थापा,सदस्यहरुमा आरति थापा,ललिता थापा,अनिल थापा,अमृत राम्जाली,राजन घर्ति,सिरिया पुन,सगुन थजाली,कसम राना,अरुणा थापा,लिन्डा थापा,सुमन श्रीस, महेश थापा र दिनेश रोका रहेका छन्।
सो सातौ अधिबेशनमा अध्यक्ष ऋषिराम रानाको अध्यक्षतामा चलेको थियो भने उपाध्यक्ष बिर बलालले स्वागत मन्तब्य दिएका थिए भने मगरसंघ युकेका महासचिव गुमानसिं पुन, ट्रष्टि ताम धेंगा, पुर्ब उपाध्यक्ष छविमायां पुन र शाखाका लेडिज कमिटिका अध्यक्ष धना रोकाले शुभकामना मन्तब्य राखेका थिए। सचिव गणेश बुढाथोकी र गोप सिंजाली मगरका वार्षिक तथा आर्थिक प्रतिवेदन माथि छलफल गरी पारित गरीएको थियो।
शाखाका अध्यक्ष रानाले प्रमुख अतिथि निर्बाचन समिति लगायत उपस्थित सम्पुर्ण आफ्नो कार्यकालमा साथ सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिदै नयां कार्यसमितिलाई बधाई र सफल कार्यकालको शुभकामना दिएका थिए।अन्त्यमा नेपालबाट आउनुभएको लोक दोहोरी गायिका तथा कलाकार देबी आलेको प्रस्तुती रहेको थियो।