Friday April 25, 2025

प्रतिनिधी सभा सदस्य मान बहादुर गुरुड्ग साहारा युकेद्वारा लण्डनमा सम्मानीत

५ चैत्र, २०८१ शीतलपाटीन्युज डटकम। 1129


प्रतिनिधी सभा सदस्य मान बहादुर गुरुड्ग साहारा युकेद्वारा लण्डनमा सम्मानीत

शीतलपाटीन्युज डटकम।
अल्डरसट, लण्डन। सहारा यूकेको बैठक ठमेल रेष्टुरेन्ट अल्डरसटमा आइतबार सम्पन्न भएको छ। साहारा युकेका अध्यक्ष कृष्ण गुरुड्गको अध्यक्षतामा भएको सो मिटीड्गमा महासचिव क्या.पीताम्बर गुरुङले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराउँदै मीटीड्ग कार्यक्रम सञ्चालन गरेका थिए। संस्थाका अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष शारदा गुरुङले स्वागत मन्तव्य राखेका थिए। अध्यक्ष गुरुङले हालै पोखरामा सम्पन्न सहारा गोल्डकपको बारेमा साहारा कार्समिति र पदाधिकारीहरुलाई संक्षिप्त रुपमा अपडेट गराएका थिए।

सो मिटीड्गमा संस्थाले आगामी वर्ष गर्ने कार्यक्रमबारे वृहत् छलफल गरेको थियो । अब आउने गोर्खा कपमा सहाराले स्टल राख्ने तथा गोर्खा कपका लागि नेपालबाट एक जना खेलाडी ल्याउने विषयमा कुराकानी भएको थियो। यसैगरी, बैठकमा च्यारिटी डिनर नाइट २०२५, संस्थाको आयव्यय,गिफ्ट एड, अक्षय कोषलगायत विषयमा वृहत् छलफल भएको थियो। 

कार्यसमिती बैठकमा बेलायत भ्रमणमा आएका पोखरारा प्रतिनिधी सभ सांसद मानबहादुर गुरुङलाई स्वागत तथा सम्मान गरिएको थियो। सो सम्मानका अवसरमा आफूलाई सम्मान गरेकोमा धन्यवाद दिँदै सांसद गुरुङले सहाराले पोखरामा गरेको सहयेग र समाजसेवाको विषयमा आफ्नो भनाइ राखेका थिए। सो अवसरमा साहारा अध्यक्ष गुरुड्गले माननिय सासंदलाई सहारा युकेको इतिहासबारे जानकारी गराएका थिए। खेलकुद र शिक्षामा मुख्य सामाजीक काम गर्दै आएको साहारालाई सांसद गुरुड्गले उच्च मुल्याड्कन गर्दै धन्यबाद दिएका थिए।

तमुधि युकेका संरक्षक एवम साहारा युकेका सल्लाहाकार मीन गुरुड्ग सिकलिसे,तमुधि युके पुर्व अध्यक्ष एवम सल्लाहाकारहरु रामचन्द्र गुरुड्ग, ग्याम गुरुड्ग, निवर्तमान अध्यक्ष हरि गुरुड्ग एवम  साहारा युकेका पुर्व अध्यक्षहरु मीन गुरुड्ग,कुमार गुरुड्ग निवर्तमान अध्यक्ष कुसाड्ग गुरुड्ग समेतको भब्य उपस्थिती रहेको सो बैठकमा साहारा युकेका अध्यक्ष कृष्ण गुरुङले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?