७ चैत्र, २०८१
शीतलपाटीन्युज डटकम।
लण्डन। नेपाली डायस्पोरामा तमुधीं यूके लण्डन इकाईले प्रथम पटक आयोजना गर्ने हाउजीङ प्रोजेक्ट चन्दा संकलन (Housing Project fundraising) परोपकारी रात्रीभोज कार्यक्रम गर्ने भयको छ। संस्थाका महासचिव रक गुरुङका अनुसार यही मार्च २९ गते शनिबार २०२५ मा हुने हाउउजिङ च्यारीटीमा यहांहरुलाई सबै सबैलाई हार्दिक निमन्त्रणाको साथ स्वागत तथा ऊपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं भन्नु भयको छ।
कार्यक्रममा बिभिन्न मनोरन्जनात्मक प्रस्तुतीहरुको साथ नेपाली आधुनिक गीत गजल साथै लोक गीतको साथमा स्वादिष्ठ डिनरले हामी सत्कार गर्न ऊत्साही छौं भनिएको छ। हजुरहरुको ऊपस्थिति सहयोग र साथले मात्रै कार्यक्रम सफल रहनेमा हामी पूर्ण विश्वस्त छौ महासचिव गुरुङले भन्नु भयको छ।
लण्डनको ग्रीनफोर्ड हलमा हुने सो कार्यक्रम भब्य तयारी भै रहेको छ।