८ चैत्र, २०८१
शीतलपाटीन्युज डटकम।
लण्डन। सुनगाभा इन्टरटेन्मेन्टले हरेक वर्ष बेलायतका विभिन्न शहर तथा नगरहरूमा नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सुनगाभा दोहोरी प्रस्तुत गर्दै आएको छ। विशेष गरी, नेपाली समुदायको बाक्लो उपस्थिति रहेका स्थानहरूमा कार्यक्रम आयोजना गरी नेपाली लोकगीतको मौलिकतालाई जगेर्ना गर्ने प्रयास गर्दै आएको छ।
यसै परम्परालाई निरन्तरता दिँदै,सुनगाभा इन्टरटेन्मेन्टले यस वर्ष पनि सुनगाभा दोहोरी २०२५ भव्य रूपमा आयोजना गर्न लागेको छ। नेपाली लोकगीतका स्वर सम्राट राजु परियार तथा बहुप्रतिभाशाली एवं सम्मानित लोकदोहोरी गायिका शिला आलेको विशेष प्रस्तुति रहने यस सांगीतिक यात्राले नेपाली संगीत प्रेमीहरूलाई भरपुर मनोरञ्जन दिने विश्वास लिएको छ। सुनगाभा दोहोरी २०२५ को अवधि अप्रिलको पहिलो हप्तादेखि जुन महिनाको पहिलो हप्तासम्म रहने छ।
यस सुनगाभा दोहोरी २०२५ को शुभारम्भ १२ अप्रिल २०२५ मा Catterick बाट गरिनेछ भने १३ अप्रिल २०२५ मा रेडिड्ग शहरमा ग्रेटर रेडिड्ग नेपाली समाजको आयोजनामा भव्य रूपमा सम्पन्न हुनेछ।
यदि बेलायतभरि रहेका नेपाली समुदाय,संघ–संस्था वा अन्य कुनै संगठनहरूले पनि यो कार्यक्रम आफ्नो स्थानमा आयोजना गर्न चाहनुहुन्छ, अथवा राजु परियार र शिला आलेलाई आफ्नै कार्यक्रममा प्रस्तुत गर्न इच्छुक हुनुहुन्छ भने, सुनगाभा इन्टरटेनमेन्टका कार्याकारी निर्देशक गौरव कन्दङवा लिम्बू तथा सुनगाभा इन्टरटेनमेन्टका कार्यक्रम निर्देशक लोकनाथ अधिकारीसंग सम्पर्क गरी कलाकारहरूको उपलब्धता सुनिश्चित गर्न सक्नुहुन्छ।
यो सांगीतिक यात्रा नेपाली लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा समर्पित छ। नेपाली लोकगीत प्रेमीहरूका लागि यो दुर्लभ अवसरलाई सदुपयोग गरी कार्यक्रम गर्न नछुटाउनुहोस्!