८ चैत्र, २०८१
शीतलपाटीन्युज डटकम।
काठमाडौँ। सर्वोच्च अदालतको परमादेशद्वारा गठित गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिका अध्यक्ष डा.शेष घले बेलायत आइपुगेका छन्।
घले शनिबार बिहान लन्डनको हिथ्रो विमानस्थल उत्रिएका हुन्। उनलाई एनआरएनए यूकेका संरक्षक, निर्वाचन समिति,पदाधिकारी लगायतले विमानस्थलमा स्वागत गरेका थिए।
युरोप भ्रमणमा रहेका व्यवसायी घले आइतबार हुने एनआरएनए यूकेको एकता महाधिवेशनमा प्रमुख अतिथिको रुपमा उपस्थित हुने छन्। एनआरएनए पूर्वअध्यक्ष घलेले विभिन्न देशका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) पदाधिकारी तथा एनआरएन अभियन्ताहरूसँग प्रत्यक्ष छलफल गर्ने क्रममा बेलायत आइपुगेको हो।
मई ३ देखी ५,२०२५ का लागि तय भएको एनआरएनएको महाधिवेशनका लागि अन्तर्राष्ट्रियस्तरमा छलफल तथा अन्तरक्रियालाई प्रभावकारी बनाउन विश्वका विभिन्न देशमा रहेका एनआरएन अभियन्ताहरूसँग घले भेटघाट तथा अन्तरक्रियामा रहेका छ। उनको मार्च २४ मा बेल्जियम, मार्च २५ मा पोर्चुगल र मार्च २७ मा कतार पुग्ने कार्यक्रम छ।