Wednesday June 18, 2025

घान्द्रुक समाज युकेको १७औ वार्षिक साधारण सभा सम्पन्न।

१० चैत्र, २०८१ शीतलपाटीन्युज डटकम। 1221


घान्द्रुक समाज युकेको १७औ वार्षिक साधारण सभा सम्पन्न।

शीतलपाटीन्युज डटकम।
लण्डन। घान्द्रुक समाज युकेको १७औ वार्षिक साधारण सभा २२ मार्च २०२५ शनिबारको दिन अल्डरशट स्थित एम्पाएर हलमा गाउँलेहरुको बाक्लो उपस्थिति माझ सम्पन्न भयो। घान्द्रुक समाजको अध्यक्ष देव बहादुर गुरुङको अध्यक्षता र हाल नेपालबाट भिजिट भिसामा युके आउनु भएको घान्द्रुक कै लामा गुरु उर्ग्येन् लोपेन रिम्पोचे श्री गुप्ति गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमलाई समाज कै महासचिव नरकाजी गुरुङले सञ्चालन गरेका थिए। 

उपस्थित सदस्यहरुलाई विधिवत् रूपमा आसन ग्रहण गराए पछि समाजका अध्यक्ष देव बहादुर गुरुङ र संस्थापक अध्यक्ष रि. मे. उदय बहादुर गुरुङ (एम.बि.ई) ले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरेर कार्यक्रम शुभाराम्भ गरेका थिए। कार्यक्रमको थालनीमा समाजले यस वर्ष गुमाउन पुगेका  सदस्यहरूको नाममा एक मिनेट मौन धारण गरेका थिए र अतिथिको रूपमा उपस्थित लामा गुरु श्री गुप्ति गुरुलाई अध्यक्ष दम्पतीले खादा र फूल लगाएर स्वागत तथा सम्मान गरे। 


साथै कार्यक्रम तालिका अनुसार समाजका पहिलो उपाध्यक्ष रोशन गुरुङले स्वागत मन्तब्य र अध्यक्ष देव बहादुर गुरुङले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै सिधै विषय वस्तु भित्र प्रवेश गरे। कार्यक्रमका तालिका अनुसार महासचिव नरकाजी गुरुङले यो वर्ष भरि समाजले भए गरेका कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्नु भयो भने कोषाध्यक्ष देव सिंह गुरुङले यो वर्ष भरि भए गरेका सम्पूर्ण आय व्यय विवरण सहितको प्रतिवेदन पेश गर्यो। 

त्यस्तै गरि समाजको तमु भाषा र खेलकुद सम्बन्धी प्रतिवेदन स्पोर्ट्स संयोजक याम गुरुङको अनुपस्थितिमा निजले तयार पार्नु भएको क्षमा याचना सहितको  प्रतिवेदन अध्यक्ष स्वयंले पढेर सुनाउनु भयो। त्यस्तै गरि समाजको समानान्तर रूपमा रहेका आमा समुहको प्रगति विवरण सचिव श्रीमति रजनी गुरुङले प्रस्तुत गर्नु भयो भने आय व्यय सम्बन्धी प्रतिवेदन कोषाध्यक्ष श्रीमति ऐश्वरी गुरुङ (शर्मिला गुरुङ) ले प्रस्तुत गर्नु भयो र आमा समुहले मूल समितिको सहयोगीको रूपमा खेलेको भूमिका र बेला बखत दीन दुखीहरुलाई सहयोग गर्ने काममा आमाहरूले गर्नु भएको होस्टेमा हैंसे गरी साथ दिनु हुने सबै आमाहरुलाई आमा समुहका अध्यक्ष प्रथम महिला श्रीमति हीरा देवी गुरुङले सबै सबैलाई प्रशंसा र धन्यबाद दिदै छोटो मन्तब्य राखे।

त्यस्तै गरि निवर्तमान अध्यक्ष नारायण सिंह गुरुङले समाजको आर्थिक पक्षलाई लिएर भइरहेको गतिविधि बारे प्रकाश पारे। त्यस्तै गरि समाजले आउँदै गरेको गोर्खा कप,नेपाली मेलामा भाग लिने वा नलिने वा लिने भएमा कसरी लिने,त्यस्तै गरि यस वर्षको घान्द्रुक वार्षिक भेला (पार्टी) कसरी मनाउने र अन्य थुप्रै समसामयिक गतिविधिहरुमा गहन छलफल गर्दै आवश्यक निर्णयहरु गर्यो। अन्तमा अतिथि लामा गुरुको नेपाल स्थित  घान्द्रुकमा बन्न गइरहेको बौद्ध गुम्बा,बौद्ध, पाठशाला,संग्रहालय,ध्यान केन्द्र जस्तो गुरु योजना बारेमा आर्थिक सहयोगको उद्देश्य राखी स्पष्ट पार्न लगाएका थिए।साथै पूर्व अध्यक्षहरु अर्जुन गुरुङ, ई.खेम बहादुर गुरुङ,मेजर उदय बहादुर गुरुङ र वर्तमान अध्यक्ष देव बहादुर गुरुङले संक्षिप्तमा आ आफ्नो मन्तव्यहरु राखेर करिब दिउँसो ४:३० तिर समापन भएके थियो। कार्यक्रमको विधिवत रूपमा समापन भएपछि एम्पाएरको क्याटरिङको स्वादिष्ट भोजनको स्वाद लिदै ५:१५ तिर कार्यक्रम समापन गरीएको कुरा निवर्तमान अध्यक्ष तथा सल्लाहकार नारायण सिंह गुरुङले जानकारी दिनु भएको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?