१० चैत्र, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन। एनआरएनए यूके (घले समूह) को नेतृत्वमा पुन: प्रेम गाहामगर चयन भएका छन्। हिजो बेलायतको अल्डरसटस्थित द प्यालेस रेष्टुरेन्टमा सम्पन्न एनआरएन एकता अधिवेशनले प्रेम गाहामगरको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको हो।
गाहामगर नेतृत्वमा आगामी दुई वर्षे कार्यकाललाई निर्वाचित ४२ सदस्यीय एनआरएनए यूके कार्यसमितिको उपाध्यक्षमा अनिल मल्ल,रिचर्ड गुरुङ,डा ओसिन लिम्बु,धन तामाङ र झलक पुन निर्बाचित भएका छन्। त्यस्तै गरी महासचिवमा जुरेन्द्र खजुम,सचिव द्वयमा कृष्णप्रसाद खतिवडा र धिरज राई,महिला सचिवमा श्रीमती जानुका राई,कोषाध्यक्ष आवेश राई,सहकोषाध्यक्ष सुरेश केसी,महिला संयोजक मनिकला राई गुरुङ र युवा संयोजकमा विशाल राई निर्वाचित भएको समाचार छ।
त्यसैगरि,कार्यसमिति सदस्यहरूमा किशोर कुमार गुरुङ,सिमनी श्रेष्ठ,विनय दाहाल,कुलप्रसाद कँडेल, निशान पन्धक,रञ्जन राजवंशी,कमलराज तामाङ, मेखसिङ गुरुङ,सोम श्रेष्ठ, दिवराज राई,एन्जिला लिम्बु, सालबहादुर गुरुङ,एन्डी राई, विजय गुरुङ,त्रिप्रसाद पुन,प्रेम कोरङ्गी,निकेश लिम्बू, अन्ड्रियास राई,श्रीमती कल्पना कन्डङ्वा निर्वाचित भएका छन्।
एनआरएनए यूके आइसीसी सदस्यमा लीला सेलिङ, ओमप्रसाद थापा,डा.बलराम ढकाल,शारदा गुरुङ,युवराज सिंह,कुमार थापा मगर,प्रवेश केसी,अमृत घले,फूलप्रसाद कँडेल र श्रीप्रसाद गुरुङ चुनिएका छन्। एनआरएनए उच्चस्तरीय समितिका संयोजक डा.शेष घलेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई निर्वाचन समितिका संयोजक डा भीम पुनले शपथग्रहण गराएका थिए।
एकता अधिवेशन आयोजक मूल समितिका संयोजक योगेन क्षेत्री,सदस्यसचिव आरके त्रिपाठी,आइसीसी उपाध्यक्ष थर्क सेन,एनआरएन युके प्रमुख संरक्षक डेभिड गुरुङ लगायतले निर्वाचित सबैलाई बधाई तथा शुभकामना दिएका थिए। निर्वाचन समितिको संयोजक डा.भीम पुन,सदस्य सचिव विश्वासदीप तिगेला र सदस्यहरु आरके त्रिपाठी र टेक बहादुर थापा थिए। अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा भएको उक्त अधिवेशन प्रमीला लाबुड्ग राईले संचालन गरेकी थिईन भने शेष घले प्रमुख अतिथि रहेको सो अधिबेशनलाई प्रमुख अतिथि घलेले शुभकामना दिएका थिए।
मातृभुमी प्रति अगाध माया झल्काउदै एनआरएन युकेका पुर्व अध्यक्ष योगेग क्षेत्रीले हामी बंसजको नेपाली नागरीक भएकोले नेपालको बिकासका लागी बंशजको नागरीक घोषणा गर्न जोडदार माग गर्नु भएको सो समारोहमा बेलायतस्थित बिभीन्न संघसंस्थाका प्रमुखहरु,बरिष्ठ समाजसेवीहरु,एनआरएन शुभेक्षकहरु,स्थानिय आमाबुबाहरुको उपस्थितीले सो हल भरीभराउ भएको थियो।
सो हलमा फोनिज युकेका अध्यक्ष बम बहादुर सुर्यबंशी,एफएनजे युकेका संस्थापक अध्यक्ष एवम नेपालीलिंकका सम्पादक नबिन पोखरेल,एफएनजे युकेका निबर्तमान अध्यक्ष एवम नेपालीलिंकका सम्पादक ध्रुबराज अर्याल,गोर्खा मिडीयाका डाइरेक्टर मीलन तमु,एभरेष्ट मिडीयाका डाइरेक्टर नरेन्द्र नेवाड्ग, लण्डन नेपालन्युजका सम्पादक शीव भण्डारी,न्यु होराइजन क्रियसनका आकास सुनुवार,शीतलपाटीन्युजका प्रतिनिधी समेतको उपस्थिती रहेको थियो।