५ बैशाख, २०८२
शीतलपाटीन्युज डटकम।
लन्डन। नेपालकी राष्ट्रिय धाविका सन्तोषी श्रेष्ठ लन्डन आइपुगेकी छिन्। २७ अप्रिल आइतबार हुन गइरहेको विश्व प्रतिष्ठित लन्डन म्याराथनमा दौड्न उनी बिहीबार बेलुका लन्डन आइपुगेको हो।
ओलम्पियन सन्तोषीलाई नेपाल रन यूकेका संस्थापक अध्यक्ष सन्तोष राई लगायतले हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए। सो अवसरमी अध्यक्ष राईले सन्तोषीलाई स्वागत गर्दै बेलायतको नेपाली समुदायमा न्यायो माया र हौसला दिन सबैमा अनुरोध पनि गरेका थिए।
नेपाल रन यूकेकै आर्थिक सहयोगमा उनी बेलायत आएको राईले बताए। लन्डन म्याराथनमा आफ्नो यसअघिको कीर्तिमान ब्रेक गर्ने लक्ष्य सन्तोषीले बताएकि छिन। करिब दुई साता बेलायतमा बस्दा सन्तोषी अन्य केही कार्यक्रममा समेत सहभागी हुनेछिन् ।
लन्डन म्याराथनमा नेपाल रन यूके संस्थापक अध्यक्ष सन्तोष राई पनि नेपालको राष्ट्रिय पोशाक लगाएर दौड्ने भएका छन् । आफूले दौरा सुरुवाल लगाएर गिनिज वल्ड रेकर्डस राख्ने लक्ष्य लिएका छन्। अन्तर्राष्ट्रियस्तरमा नेपाली पोशाक प्रवर्धन,नेपालीलाई हेल्थ एण्ड वेल बीइंगतिर प्रेरित र जुम्लामा बनाउन लागिएको हाई अल्टिच्यूड क्याम्प निर्माण सहयोगार्थ कोष संकलन गर्न आफूले लन्डन म्याराथन दौड्ने तयारी गरिरहेको राईले बताए।
हाई अल्टिच्यूड क्याम्प निर्माणका लागि अरु नेपालीले पनि लन्डन म्याराथनमा च्यारिटी दौड्ने भएका छन् । यसअघि नर्थहोल्ट टेन केमा उठेको रकम र अरु नेपालीले दिएको चन्दा समेत सो क्याम्प निर्माणमा खर्च गरिनेछ ।
राईले लन्डन म्याराथनमा नेपाल रन यूकेबाट ५८ जना सहित झण्डै एकसय नेपालीले दौड्ने जानकारी दिएका छन।
२०२५ को लन्डन म्याराथन इतिहास रच्न तयार छ। यस म्याराथनमा ५६ हजार बढी धावकले २६.२ माइलको दौड पूरा गर्ने अपेक्षा गरिएको छ। यो नोभेम्बरमा न्यूयोर्क म्याराथनले बनाएको ५५,६४६ फिनिशरहरूको हालसम्मको रेकर्डभन्दा बढी हुनेछ। सन् १९८१ मा पहिलो लन्डन म्याराथन भएदेखि १३ लाख बढी धावकहरूले यो दौड पूरा गरिसकेका छन्।
लन्डन म्याराथनमा विश्वका महान् खेलाडीहरूले गौरव र असल उद्देश्यसहित दौड्ने गर्छन्। यसपटकको विश्वप्रसिद्ध दौड सम्भवतः अहिलेसम्मकै उत्कृष्ट हुनेछ जसमा ओलम्पिक र प्यारालम्पिकका चारै जना विजेता महिला विश्व रेकर्ड धावक रुथ चेपङ्गएटिच, इलिस म्याककोलगन र दोहोरो ओलम्पिक ट्रायथलन स्वर्ण पदक विजेता एलेक्स यी र चार पटकका विजेता एलियुड किपचोगेले पनि प्रतिस्पर्धा गर्दैछन्।
(नेपालीलिंकबाट।)