Tuesday May 20, 2025

नेपाल प्रहरी पुर्व संगठन प्रमुख मंचका संयोजक बोहोराद्वारा नया प्रहरी महानिरीक्षक थापालाई बधाई ज्ञापन

१२ बैशाख, २०८२ शीतलपाटीन्युज डटकम। 1365


नेपाल प्रहरी पुर्व संगठन प्रमुख मंचका संयोजक बोहोराद्वारा नया प्रहरी महानिरीक्षक थापालाई बधाई ज्ञापन

शीतलपाटीन्युज डटकम।

काठमाण्डौ। नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चका संयोजक अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतीलाल बोहराज्यूको प्रमुख आतिथ्यमा अवकाश प्राप्त प्रहरी महानिरीक्षकज्यूहरूबाट प्रहरी महानिरीक्षक दिपक थापाज्यूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भयो।  

उक्त कार्यक्रममा अग्रज अवकास प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहराद्वारा प्रहरी महानिरीक्षक दिपक थापाज्यूलाई संगठनको श्रीवृद्धिको लागि उदाहरणीय भूमिका निर्वाह गर्नका साथै संगठनको उन्नति र गौरवको लागि नेपाल पूर्व संगठन प्रमुख मञ्च सदैव रचनात्मक सहयोग गर्न तत्पर रहेको बताउनुभयो।  

प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरी संगठनको वृहत्तर हित र प्रहरी कर्मचारीहरुको मनोवल उच्च राख्न नीतिगत तथा सेवासुविधाको सन्दर्भमा दृढ संकल्पित रहेको कुरा विश्वास पुर्‍याउनुभयो। साथै नेपाल पूर्व संगठन प्रमुख मञ्चबाट नेपाल प्रहरीलाई सदैव उल्लेखनीय सहयोग हुने विश्वास समेत व्यक्त गर्नुभयो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?