१७ बैशाख, २०८२
शीतलपाटीन्युज डटकम।
लन्डन। नेपाली इतिहासका महान् राष्ट्रनायक भीमसेन थापाको जीवनी र योगदानलाई रंगमञ्चमार्फत लन्डनमा उजागर गरियो।
युगकवि सिद्धिचरण श्रेष्ठको खण्डकाव्य ‘भीमसेन थापा’मा आधारित ऐतिहासिक नाटक आइतबार बेलायतको ह्यारोस्थित क्लब परिसरमा भव्य रूपमा मञ्चन भयो। बेलायतका प्रतिष्ठित सामाजिक अभियन्ता डा राघवप्रसाद धिताल एवम नेपाली साहित्य विकास परिषद युकेका अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लद्वारा रिवन काटेर शुरु भयको नाटकको निर्देशक सनम कुमार बैरागले गरेका थिए भने बैरागले नाटकको परिकल्पना पनि बैरागले नै गरेका थिए। मञ्चन भयको नाटकमा स्वयं बैरागले भीमसेन थापाको भूमिका निर्वाह गरेका थिए। नेपाली समुदायका लागि ऐतिहासिक चेतना र गर्वको अवसर बनेको यो नाटक बेलायतमा रहेका नेपाली दर्शकहरूका लागि नाटक उत्तम संदेश दिन सफल भयको थियो।
हेरो फुटबल क्लबमा पहिलो सफल कार्यक्रम पछि नाटक टोलीले बेलायतका अन्य शहरहरू रिडिङ,विलविच,अल्डरसट र स्कटल्यानमा पनि प्रस्तुति दिने तयारी भै रहेको बताइएको छ। नेपालमा भने आगामी २०८२ सालको दसैँ–तिहारपछिको समयमा काठमाडौँको मण्डला थिएटरमा औपचारिक मञ्चन हुने निर्देशक बैरागले बताउनु भयको छ। उहाका अनुसार त्यसपछि पोखरा,चितवन, बिर्तामोड,धरान लगायत ठूला शहरहरूमा समेत नाटकको प्रदर्शन गर्ने योजना छ।
नाटकले भीमसेन थापाको साहस, दूरदर्शिता र राष्ट्रभक्ति झल्काएको छ। बेलायती साम्राज्यवादको दबाबका बीच नेपाललाई स्वतन्त्र राख्न गरेको उनको संघर्ष,सैनिक र प्रशासनिक सुधारहरू र अन्ततः राजनीतिक षड्यन्त्रले उनको जीवनमा ल्याएको दुःखान्त अन्त्यलाई नाटकले गहिरो भावनात्मक प्रभावसहित प्रस्तुत गरेको छ।
संगीत संयोजन तारा प्रकाश लिम्बू नृत्य संयोजन कोरियोग्राफर चरण प्रधानले गरेका सो नाटकमा सामन्ता तामाङ,सुरेश श्रेष्ठ,गोपाल बस्नेत र सुशन गुरुङले उल्लेखनीय अभिनय प्रस्तुत गरेर नाटकलाई जीवन्त बनाईएको पाईएको छ। चार दशकदेखि रंगमञ्चमा सक्रिय निर्देशक लन्डनमा बैरागले यसअघि ‘कैदीको पत्र’ चलचित्र पनि मंचन गरेका थिए।
वि.सं. १८३२ सालमा जन्मिएका भीमसेन थापा नेपालका प्रथम मुख्तियार मुलुकको सार्वभौमिकता जोगाउन, आधुनिक नेपाली सेना निर्माण गर्न, प्रशासनिक सुधारहरू लागू गर्न र सामाजिक अन्यायविरुद्ध लड्न अथक प्रयास गरे। भीमसेन थापा ९वि।सं। १८३२ – १८९१० नेपालको इतिहासमा एक महान् राजनीतिज्ञ, सुधारक, र राष्ट्रिय नायकको रूपमा चिनिन्छन्। उनी नेपालका प्रथम प्रधानमन्त्री (मुख्तियार) थिए र करिब ३१ वर्षसम्म राष्ट्रको नेतृत्व गरे। उनको कार्यकालमा नेपालले पश्चिमी प्रभावविरुद्ध आत्मनिर्भरता र स्वाभिमानको मार्ग समातेको थियो। उनले आधुनिक नेपाली सेना निर्माण गरे, किल्ला निर्माण, प्रशासनिक सुधार, र विदेशी हस्तक्षेप विरुद्ध दृढ नीति अवलम्बन गरे। तर, राजनीतिक षड्यन्त्रका कारण जीवनको अन्त्य कारागारमै भयो। भीमसेन थापा केवल नेता मात्र होइनन्, उनी एक युगद्रष्टा थिए जसले आजको नेपाल निर्माणको जग हाल्न महत्वपूर्ण भूमिका खेले।
राजनीतिक षड्यन्त्र र दरबारभित्रको शक्ति संघर्षका कारण अन्ततः कारागारमा दुःखद अन्त्य व्यहोर्नु पर्यो। भीमसेन थापाको जीवन आज पनि नेपाली राष्ट्रियता र आत्मसम्मानको ज्वलन्त प्रतीक बनेको छ।