Tuesday July 08, 2025

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी पक्राउ

१७ बैशाख, २०८२ शीतलपाटीन्युज डटकम। 1213


नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी पक्राउ

शीतलपाटीन्युज डटकम।

काठमाण्डौ। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी पक्राउ परेका छन। सरकारले दिएको आममाफी सर्बोच्च अदालतद्धारा बदर भए पछि उनी पक्राउ परेका हुन।

टीकापुर घटनाका सन्दर्भमा दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई सरकारले आममाफी दिएको थियो। तर सर्बोच्च अदालतले कारागारमै राख्नु भन्ने आदेश गरेकाले आदेश कार्यान्वयन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँले चौधरीलाई पक्राउ गरि डिल्लीबजार कारागारको जिम्मा लगाएको एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन्।

टीकापुर घटनामा अदालतको फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए। चौधरीलाई डिल्लीबजार कारागार पठाइएको बताए।

(सुरक्षी सरोकारबाट)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?