Tuesday July 08, 2025

नेपाली राजदुत घिमीरेले बकिङ्घम दरबारमा एक औपचारिक कार्यक्रमबीच राजा चार्ल्स तृतीय समक्ष बुझाए आफ्नो ओहोदाको प्रमाणपत्र

१८ बैशाख, २०८२ शीतलपाटीन्युज डटकम। 1341


नेपाली राजदुत घिमीरेले बकिङ्घम दरबारमा एक औपचारिक कार्यक्रमबीच राजा चार्ल्स तृतीय समक्ष बुझाए आफ्नो ओहोदाको प्रमाणपत्र

शीतलपाटीन्युज डटकम।
लन्डन। संयुक्त अधिराज्य बेलायतका लागि नेपाली नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरेले बिहीबार बकिङ्घम दरबारमा एक औपचारिक कार्यक्रमबीच राजा चार्ल्स तृतीय समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको प्रेष बिज्ञप्ति प्राप्त भएको छ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत समारोहमा राजदूत घिमिरेले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री के.पी. शर्मा ओलीको शुभकामना सन्देश पढेर सुनाएका थिए। 

राजदूत घिमिरेले राजाको व्यक्तिगत कल्याण र बेलायती  जनताको दिगो समृद्धिका लागि राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीको शुभकामना समेत दिएका थिए।

सो अवसरमा राजा चार्ल्सले राजदूत घिमिरेलाई उनको नियुक्तिप्रति बधाई दिंदै नेपालसँगको द्विपक्षीय सम्बन्ध सुदृढ पार्न बेलायती प्रतिबद्धता व्यक्त गरेका थिए। 

सन् १८१६ मा स्थापित दुई राष्ट्रको २०९ वर्षे कूटनीतिक सम्बन्ध स्मरण गर्दै राजाले नेपालको विकास प्राथमिकता र यसको प्रगतिको लागि समर्थन समेत जनाए। उनले नेपालसँगको आफ्नो व्यक्तिगत सम्बन्ध र नेपाल भ्रमणका कयौं क्षण पनि सम्झिएका थिए।

राजदूत घिमिरेले नेपाल र बेलायतबीचको दुई शताब्दीभन्दा लामो अटल मित्रतामा जोड दिंदै नेपालको सामाजिक-आर्थिक विकास पहलहरूमा बेलायतको निरन्तर सहयोगका लागि कृतज्ञता व्यक्त गरे। उनले पारस्परिक हितका क्षेत्रमा सहकार्य थप बढाउने नेपालको प्रतिबद्धता पनि दोहोर्‍याए। 

समारोहमा राजदूतको धर्मपत्नि सरिता न्यौपाने घिमिरे र दूतावासका कर्मचारी पनि सहभागी थिए। बेलायतका लागि २३ औं नेपाली राजदूतमा ओहोदाको प्रमाणपत्र बुझाए संगै राजदूत घिमिरेको बेलायतमा कूटनीतिक कार्यकालको औपचारिक सुरुवात भएको छ। सन् १९३४ मा लन्डनमा नेपालको मिसन स्थापना भयको इतिहास छ।
प्रेष बिज्ञप्ति-



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?