Tuesday July 08, 2025

रोजीना प्रधान राई काउन्सीलरमा बिजयी

१९ बैशाख, २०८२ शीतलपाटीन्युज डटकम। 2437


रोजीना प्रधान राई काउन्सीलरमा बिजयी

शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतमा बसोबास गरेकी सामाजिक अभियन्ता रोजीना प्रधान राई मई २०२५ भयको स्थानीय (Innsworth Ward Tewkesbury Borough Council) निर्वाचनमा काउन्सीलरमा बिजयी हुनु भयको समाचार छ।


ट्युकेशवरी बरो काउन्सीलको इन्सवर्थ वडाको सदस्यमा ६६६  मत ल्याई  उहा बिजयी हुनु भयको हो। लिबरल डेमोक्रेट पार्टीबाट निर्वाचनमा भाग लियकी रोजीनाले प्रतिस्पर्धाबाट रीफर्म पार्टीका उम्मेदवार ग्राहाम जोनलाई हरायकी थिइन। जोनले ५९६ मत ल्याई दोश्रा भयका थिए।

त्यस्तैगरी रोजीहिरा फाउन्डेसन मार्फत समाज सेवा गर्दै आयकी रोजीनाले खोटाङको बास्पानी-५ दन्खुरी डाँडास्थित राष्ट्रिय माध्यामिक विद्यालयमा विद्युतीय पुस्तकालय (ईलाईब्रेरी) हस्तान्तरण  गरेकी थिईन। पुस्तकालयमा १ देखि १० कक्षासम्म पठनपाठन हुने सम्पूर्ण सामाग्री समावेश गरिएको छ। जिल्लामै पहिलोपटक स्थापित पुस्तकालयमा राखिएका विभिन्न ८ कम्प्यूटरका सफ्टवेयरमार्फत् विद्यार्थीहरुले आफूलाई आवश्यक पर्ने पाठ्यक्रम तथा सन्दर्भ सामाग्री अध्ययन गर्न सक्छन्।

नेपाल रहेकी रोजिना Koshi Investment Summit 2025 MOU Signing & Closing Ceremony, Biratnagar मा सहभागी रहेको छिन।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?