२२ बैशाख, २०८२
शीतलपाटीन्युज डटकम।
लन्डन ।यती नेपाली एसोसिएसन यूकेको अध्यक्ष पदमा टंक भट्टराई निर्बिरेधनिर्वाचित भएको समाचार छ। ३१ औ कार्यसमितीको लन्डन साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लवमा मे ४ आइतबार सम्पन्न संस्थाको ३१ औं अधिवेशनले टंक भट्टराईको अध्यक्षतामा नयां कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
साथै नयां कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा वसन्त राय क्षेत्री,उपाध्यक्ष राज पाण्डे, महासचिव आशिषराज पन्त, उपमहासचिव सुष्मा पौडेल, कोषाध्यक्ष मणीकला राई गुरुङ,खेलकुद सचिव हरि रेग्मी,सामाजिक सचिव क्षमता ढकाल,सांस्कृतिक सचिव गोपाल बस्नेत र प्रकाशन सचिवमा आशिष महर्जन सर्वसम्मत चयन भएका छन् ।
नयाँ कार्यसमितिको सदस्यहरुमा जेनिस गिरी,रश्मी सिंह राणा, प्रशान्त खड्का, लक्ष्मण पाण्डे,सुरेश कुमार राई,टंकबहादुर गुरुङ र रुक्मिणी थापा निर्विरोध निर्वाचित भएका थिए।
निर्वाचन समिति संयोजक यती नेपाली एसोसीयसनका पूर्व अध्यक्ष उमेशराज मोक्तान रहेको निर्वाचन समिती सदस्यहरुमा शशीधर नेपाल,राजन खकुराल र शंकरप्रसाद दाहाल रहेका थिए।
संस्थाको अध्यक्ष पिपला पाण्डे देवानको अध्यक्षतामा बसेको अधिबेसनको प्रमुख अतिथी समाजसेवी डा राघव प्रसाद धिताल रहनु भयको र महासचिव टंक भट्टराईले कार्यक्रम संचालन गर्नु भएको थियो।
निर्बिरोध निर्वाचित नया अध्यक्ष टंक भट्टराईले "यती भवन किन्ने प्रतिबध्दता राख्दै सुतेको यती एसोसीयसनलाई उठाउछु,शंका,आशा,भरोसा र विश्वासको यो मिस्रित सोचलाई सही दिशामा रूपान्तरण गर्दै यति नेपाली एसोसिएसनलाई अझ सशक्त,समावेशी र अग्रगामी बनाउने दृढ प्रतिबद्धता गर्दछु "भन्ने आफ्नो धारणा राख्नु भयको छ। सो अवसरमा यती नेपाली एसोसीयसनका पुर्व अध्यक्षहरु उपस्थिती रहेको थियो।