२९ बैशाख, २०८२
शीतलपाटीन्युज डटकम।
अल्डरसट । एफए ट्रफी ( Isuzu FA Troofy) को उपाधि अल्डरसट टाउन फुटबल क्लबले जितेको छ ।
वेम्बलीमा आज आइतबार सम्पन्न फाइनल खेलमा अल्डरसट टाउन फुटबल क्लबले स्पेनीमूर टाउन फुटबल क्लबलाई ३-० ले पराजित गर्दै ऐतिहासिक उपाधि जितेको हो ।
अल्डरसटलाई ऐतिहासिक उपाधि दिदाउन ज्याक बरहम, ड्यान एलिसन र जोश ब्यारेटले गोल गरेका थिए । पहिलो हाफ बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो ।
वयम्ली स्फटेडीयममा सम्पन्न एफए कप ट्रफी फुटबल हेर्न नेपाली खेलप्रेमीहरुको ठुलो समुग अल्डरसटबाट पुगेको थियो।