Tuesday July 08, 2025

बेलायतमा जानकी नवमी पर्व भव्य रुपमा मनाइयो

३ जेष्ठ, २०८२ शीतलपाटीन्युज डटकम। 1151


बेलायतमा जानकी नवमी पर्व भव्य रुपमा मनाइयो

शीतलपाटीन्युज डटकम।
हिमालयन सिद्ध महायोग यूके तथा युरोप शाखाको आयोजनामा गत हप्ता साउथलस्थित विश्व हिन्दु मन्दिरमा जानकी नवमी मनाइएको हो । दर्जनौं महायोग साधक तथा शुभेच्छुकहरूको माझ वैदिक विधिपूर्वक सम्पन्न कार्यक्रममा सितामाताको अभिषेक, पुजन तथा उहाँको महिमा वर्णन गरिएको थियो।


हिमालयन सिद्ध महायोग बेलायतका कोषाध्यक्ष लक्ष्मण श्रेष्ठका अनुसार सदगुरु महायोगी सिद्धदबाबाको असिम कृपा आशीर्वाद तथा युवापुस्ताकी प्रखर वाचिका चन्द्रकला सखीको अगुवाइ एवम् उपस्थितिमा कार्यक्रम सम्पन् भएको हो। उक्त कार्यक्रममा सखिजीबाट सारगर्वित सत्संग तथा भजन गाइएको थियो ।
बेलायती जीवनका व्यस्त समय तालिकाबीच पनि नेपाली तथा भारतीयमूलका हिन्दू भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ । कार्यक्रममा आकर्षक नृत्य तथा सामूहिक भजन पनि प्रस्तुति थियो।

कार्यक्रमको प्रायोजन महायोग साधक गोपी भट्ट तथा श्रीमान् प्रेम भट्टले आफूहरुको पचासौं वैवाहिक वर्षगाँठको उपलक्ष्यमा प्रायोजन गर्नुभएको थियो । जोडीलाई धन्यवाद दिँदै हिमालयन सिद्ध महायोग यूकेका महासचिव उदय लम्सालले छोटो समयको तयारीमा कार्यक्रम सम्पन्न भएको बताउनुभयो ।
कार्यक्रममा युवा तथा नयाँ पुस्ताको समेत उल्लेख्य सहभागिता थियो।

(श्रोत-कुमार केशी,रेडिड्ग)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?