Wednesday June 18, 2025

ग्रेटर रस्मूर नेपाली कम्युनिटी यूकेको अध्यक्ष पद लिला सेलिङ मावोलाई हस्तान्तरण

५ जेष्ठ, २०८२ शीतलपाटीन्युज डटकम। 1984


ग्रेटर रस्मूर नेपाली कम्युनिटी यूकेको अध्यक्ष पद लिला सेलिङ मावोलाई हस्तान्तरण

शीतलपाटीन्युज डटकम
लन्डन। ग्रेटर रस्मूर नेपाली कम्युनिटी यूकेको अध्यक्ष पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। आइतबार अल्डरसटस्थित जीआरएनसी हलमा आयोजित एक समारोहबीच बिदा भएर जान लागेका अध्यक्ष मान गुरुङले नयाँ  अध्यक्ष लीला सेलिङ माबोलाई पद हस्तान्तरण गरेका हुन।

२०८० सालमा भएको अधिवेशनबाट गुरुङ र माबो आलोपालो नेतृत्व गर्नेगरी अध्यक्षमा चयन भएका थिए। जसअनुसार आफ्नो १८ महिने कार्यकाल सकिएपछि गुरुङले पद हस्तान्तरण गरेका हुन् । अब माबोले १८ महिना जीआरएनसीको नेतृत्व गर्नेछिन्।

अध्यक्ष मान गुरुङको अध्यक्षतामा भएको पद हस्तान्तरण समारोहमा स्वास्थ्य र सुरक्षाबारे सचिव प्रजेश श्रेष्ठले जानकारी गराएका थिए । कार्यक्रम सञ्चालन महासचिव सुनिल रानाले तथा स्वागत मन्तव्य उपाध्यक्ष एवं संयोजक डा.विशाल गुरुङले राखेका थिए ।  

कोषाध्यक्ष श्याम श्रेष्ठ र सहायक कोषाध्यक्ष मिलन रोकाले आर्थिक प्रतिवेदन पेस गरेका थिय। संस्थाको हालसम्मको उपलब्धि र गतिविधिबारे अध्यक्ष गुरुङले प्रतिबेदन पेश गरेर जानकारी गराएका थिय। त्यसपछि पद हस्तान्तरण गरिएको थियो भने अध्यक्ष गुरुङले उपस्थित सबैलाई धन्यवाद दिएका थिए। नया कार्यभार संहाल्दै अध्यछ लिलाले सबैको सहयोग लिदै संस्था चलाउने प्रतिबध्दता ब्यक्त गर्दै कार्यक्रम समापन गरेकी थिईन ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?