Wednesday June 18, 2025

एनआरएनएमा विवाद विशाल समुद्रमा उठ्ने छालझैँ : डा. हेम राज शर्मा,उपाध्यक्ष

६ जेष्ठ, २०८२ शीतलपाटीन्युज डटकम। 1073


एनआरएनएमा विवाद विशाल समुद्रमा उठ्ने छालझैँ : डा. हेम राज शर्मा,उपाध्यक्ष

शीतलपाटीन्युज डटकम।
लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले संस्था बृहत् हुँदै गएपछि सबैलाई एकै मञ्चमा समेट्नु कठिन हुने बताए।

आइतवार आयोजित भर्चुअल भेलाले ९१ औँ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) आइसल्यान्ड गठन प्रक्रिया अघि बढाउँदा डा.शर्माले “गैरआवासीय नेपाली अभियानमा लगानी,शिक्षा र परोपकारका असीम सम्भावना छन्,”भन्दै संघ भित्र बेलाबेला सतहमा देखिने विवादलाई “विशाल समुद्रभित्रका स्वाभाविक छाल” का रूपमा तुलना गरे। “ग्लोबल भिलेजमा एनआरएनए भनिने ठूलो समुद्रभित्र कहिलेकाहीँ भेलबाढी पस्छ, फोहोरका बाछिटा पर्न सक्छन् तर समग्रमा समुद्र सुन्दर नै देखिन्छ,” उनको भनाइ थियो।

भेलाले संघका अध्यक्ष डा. बद्री केसीको प्रमुख आतिथ्यमा सुभास सिंह थापाको अध्यक्षतामा तदर्थ कार्यक्ष समिति घोषणा गरेपछि एक साताभित्र पूर्ण समिति प्रस्ताव गर्न थापालाई जिम्मेवारी दिएको छ।

डा. केसीले “विदेशमा बस्ने नेपालीहरूको साझा चौतारी”भन्दै नवगठित समितिलाई आइसल्यान्डस्थित नेपालीहरूको समस्या नेपाल सरकारसम्म पुर्‍याउने, आपसी सद्भाव सुदृढ गर्ने तथा परोपकारी र लगानीमुखी पहल अघि बढाउने निर्देशन दिए। उनले “नेपालीका लागि नेपाली” मूल नारासहित २००३ देखि संघले गरेका परोपकार,आर्थिक तथा सीप लगानीका उपलब्धि स्मरण गराए।

महिला उपाध्यक्ष रोजिना प्रधान राईले महिलाको सक्रिय सहभागिता सुनिश्चित गर्न आग्रह गरिन्। महासचिव गौरीराज जोशीले केन्द्रीय कार्यालयसँग नियमित समन्वय गरी संस्थागत सुशासन सुदृढ गर्नुपर्छ भने।

कार्यक्रम युरोप संयोजक चिरञ्जीवी खड्काको संयोजनमा तथा एनआरएनए युरोप सचिव भुवन अर्यालको सञ्चालनमा सम्पन्न भयो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?