Tuesday July 08, 2025

गोर्खा कप फुटबल २०२५ भब्य सम्पन्न, मेलाका दर्शकहरु खुसी

१३ जेष्ठ, २०८२ शीतलपाटीन्युज डटकम। 1204


गोर्खा कप फुटबल २०२५ भब्य सम्पन्न, मेलाका दर्शकहरु खुसी

शीतलपाटीन्युज डटकम

अल्डरसट, लण्डन। बेलायतमा नेपालीहरुको राजधानी मानिने अल्डरसट शहरको Queens Avanue,Garrision Sports Ground GU11 2BS स्थित खेल मैदानमा नेपाली समुदायको सबैभन्दा वृहत उपस्थिती मानिने गोर्खा कप फुटबल प्रतियोगिता २० हजार दर्शकहरुको उपस्थितीमा मनोरन्जनात्मक तरीकाले सम्पन्न भएको छ।

अल्डरसटको क्वीन्स एभिन्यू खेल मैदानमा आइतबार भएको गोर्खा कपको २३औँ संस्करणको फाइनलमा मेन रेगुलर ३२ टीमको खेल प्रतियोगीतामा गुरुजी एलिट टीमलाई पराजित गर्दै ड्रिम टिमले प्रथम उपाधि जित्यो।

उपाधिसँगै नेपाली ड्रिमले ३ हजार पाउन्ड,ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता भएर गुरुजी एलिट टीमले १ हजार ८०० पाउन्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।

सो गोर्खाकप २०२५ खेलका क्रममा उत्कृष्ट खेल प्रदर्शन गर्ने मेन टिमतर्फ वेष्ट म्यानेजर नेपाल ड्रिमका सक्थिम चेम्जोङ,टप गोल स्कोरर गुरुजी एलिटका रोबेल नाल्बो, प्लेयर अफ द म्याच नेपाल ड्रिमका ईश्वर गुरुङलाई सम्मान गरियको थियो।

यस्तै भेट्रानतर्फ १६ टीम मध्य हिमालयन एफसी ४ गोल गर्दै विजेता बनेको थियो भने इन्टेक २००० शून्य गोलमा रनर अप भयको थियो। भेट्रान समुहमा विजेताले १ हजार ५०० पाउन्ड र रनरअपले एक हजार पाउन्डसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरेका थिए।

खेल राम्रो प्रदर्शन गरे बापत भेट्रानतर्फ वेष्ट म्यानेजर हिमालयन एफसीका कुमार थापा,टप गोल स्कोरर डा. सन्दीप गुरुङ र प्लेयर अफ द म्याच खुम गुरुङ घोषित भएका थिए।

दुई टिममात्र प्रतिष्पर्धी रहेको महिला टीमतर्फ रन्डर बोल्ट्स एफसी तीन गोलसहित विजेता बन्यो भने तामाङ समाज यूके उपविजेता बनेको थियो। विजेता र उपविजेताले क्रमशः ६०० र ४०० पाउन्डसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरेका थिए। महिलातर्फ उत्कृष्ट खेल खेलेका कारण वेष्ट प्लेयर गरिमा राई घोषित भएकी थिईन।

तमुधिं यूकेले अहिलेसम्म गोर्खा कपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पहिलोपटक प्रदान गरेको ‘लिजेन्ड अफ द फुटबल’ उपाधि लोकप्रसाद चेम्जोङ धनकुटेले प्राप्त गरे ।

विजेता,उपविजेता,उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र म्यानेजरहरुलाई आयोजक तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ,प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे, अल्डरसट फान्ब्रोरो एरिया सांसद अलेक्स बेकर,रसमोर बरो काउन्सिलका मेयर काउन्सिलर क्यालुम स्टेवार्ट, प्रायोजक,फुटबल खेलाडी सावित्रा भण्डारी साम्बा र गोरख घलेले पुरष्कार वितरण गर्दै सम्मान गरेका थिए।

यस वर्ष गोर्खा कपमा नियमीत समुह तर्फ ३२, भेट्रान समुह तर्फ १६ र महिला समुहतर्फ दुई  टीम गरी ५० टिम सहभागी रहेको थियो।

गत बर्ष भन्दा बढी यसपाली झण्डै २० हजार दर्शक सहभागी रहेको गोर्खा कप २०२५ फुटबल र नेपाली कला संस्कृति,खाना,रहनसहन र परम्परा झल्काउने एउटा भब्यताका साथ नेपाली परम्परा मेला बनेको थियो।

स्थानीय रसमोर बरोले समेत आफ्नो वार्षिक क्यालेण्डरमा राखेको यस इभेन्टमा यो वर्ष प्रमुख आकर्षण थिइन् अन्तर्राष्ट्रिय खेलहरुमा सर्वाधिक गोल बनाउने र युरोप (फ्रान्स) मा व्यवसायिक खेल खेल्ने पहिलो नेपाली राष्ट्रिय खेलाडी सावित्रा भण्डारी (साम्बा) । गोरख घलेसहित इंग्ल्याण्ड फुटबल टिमका खेलाडीहरुको सहभागिता,अल्डरसट टाउन फुटबल क्लबले हालै जितेको एफए कपको ट्रफी प्रदर्शन, सांस्कृतिक नाचगान,स्वास्थ्य शिविर, खाना र च्यारिटीका स्टलहरु आकर्षक प्रस्तुत र प्रदर्शन गरीएको थियो। 

महासचिव डा.विशाल गुरुङले सञ्चालन गरेको औपचारिक तथा पुरस्कार वितरण समारोहमा गोर्खाकप खेलका संयोजक दीपक घलेले स्वागत मन्तव्य दिएका थिए। तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा भएको गोर्खाकप फुटबल समारोहमा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे प्रमुख अतिथि,स्थानिय सांसद अलेक्स बेकर,रसमोर बरो काउन्सिलका मेयर काउन्सिलर क्यालुम स्टेवार्ट लगायतको उपस्थिती रहेको थियो। उस्थित पाहुनाहरुले मन्तव्य दिंदै गोर्खा कप फुटवलका कारणले स्थानिय समुदायलाई ‘इन्टिग्रेट’ बनाएको धारणा राख्नु भएको थियो। अध्यक्ष गुरुङले सबै सहयोगी,प्रायोजक र खेलप्रेमी दर्शकहरुप्रति आभार व्यक्त गर्नु भएको थियो।

नेपाली राजदुताबासका डिपुटी चिफ अफ मिसन बिपीन दुवाडी,कर्णेल सदीप शाह,तमुधि युकेका संस्थापक अध्यक्ष मीन गुरुड्ग सिकलिसे,पुर्व अध्यक्षहरु,सहारा युके अध्यक्ष कृष्ण गुरुड्ग,बेलायतस्थित बिभीन्न संघसंस्थाका प्रमुखहरु,ब्रिटीस सेनाका अधिकृतहरु,बुबाआमाहरु,कलाकारहरुको भब्य उपस्थिती थियो। मौषम सफा रहेको र उपस्थित पाहुनाहरुले मनोरन्जन प्राप्त भयको ब्यक्त गरेको पाइएको थियो। 

तमुधि युकेद्वारा ब्यवस्थित सो समारोहस्थल सुरक्षित संचालन भै कार्यक्रम सम्पन्न भएको र नैमती बाजा,नाचगान र नेपाली भोजन खाएर सबै रमाएको र भब्य भएको पाईएको थियो।बेलायतस्थित नेपाल पत्रकार महासंघ अध्यक्ष बिमला सेनी, बेलायतस्थित जनजाती पत्रकार संघका अध्यक्ष बम थापा सुर्यबंशी मगर लगायत सम्पुर्ण पत्रकारहरुको उपस्थिती थियो।

(PHOTO -SK GURUNG)

 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?