Tuesday July 08, 2025

नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा पूर्वमुख्यमन्त्री शङ्कर पोखरेल प्रवासी नेपाली मञ्च बेलायतको अधिवेशनमा प्रमुख अतिथी

३१ जेष्ठ, २०८२ शीतलपाटीन्युज डटकम। 1156


नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा पूर्वमुख्यमन्त्री शङ्कर पोखरेल प्रवासी नेपाली मञ्च बेलायतको अधिवेशनमा प्रमुख अतिथी

शीतलपाटीन्युज डटकम।
लण्डन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा पूर्वमुख्यमन्त्री शङ्कर पोखरेल प्रवासी नेपाली मञ्च बेलायतको अधिवेशनमा प्रमुख अतिथीका लागि सहभागी हुन लण्डन आइ पुगेका छन्।

महासचिव पोखरेलको स्वागतका लागि विहीवार साँझ हिथ्रो विमानस्थल लण्डनमा वेलायतका लागि नेपाली राजदूत चन्द्र प्रसाद घिमिरे,प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष टुंगा भुसाल लगायतको टोली उहाको स्वागतका लागि उपस्थित थियो।

प्रवासी नेपाली मञ्च बेलायतको अधिवेशन आगामी आइतवार १५ जून २०२५ लेस्टरमा सम्पन्न हुने कार्यक्रम तय भएको छ। बेलायत रहदा महासचिव पोखरेलले नेपाली समुदायका प्रतिनिधिहरू,कूटनीतिक नियोगका पदाधिकारीहरूसँग भेटघाट तथा संवाद गर्ने कार्यक्रम रहेको छ।

महासचिव पोखरेलको सम्मानमा लण्डनस्थित नेपाली राजदूतावासले विशेष स्वागत तथा सम्मान कार्यक्रम १७ जुन २०२५ मा आयोजना गरेको समाचार छ।

उक्त अधिवेशनमा सहभागी हुन एमाले पार्टीका व्यूरो सदस्य सुजिता शाक्य, प्रवासी नेपाली मञ्च युरोप–अमेरिका इन्चार्ज तथा केन्द्रीय सदस्य घनश्याम पाण्डे पनि वेलायत आइपुगेका छन्।

महासचिव पोखरेल वेलायतको भ्रमणपछि कतारमा आयोजना हुने एमालेको प्रवासी कमिटीका विभिन्न कार्यक्रमहरूमा सहभागी हुनेछन्। त्यसपछि आगामी असार ८ गते (२०२५ जुन २२) नेपाल फर्कने तालिका तय भएको बुझीएको छ।

यसैबीच,अन्तर्राष्ट्रिय प्रवासी नेपाली मञ्चका अध्यक्ष संजय थापा पनि अधिवेशनमा भाग लिन अमेरिकाबाट वेलायत आएका छन्।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?