२५ भाद्र, २०७५
शीतलपाटीन्युज डटकम।
रीडीङ, लण्डन। ग्रेटर रीडीङ एरीयामा बस्ने नेपालीहरुको साझा संगठन ग्रेटर रीडीङ नेप्लीज कम्युनीटी एसोसीयसन (GRNCA) ले महिलाहरुको बिशेष चाड हरितालिका (तीज ) हर्षोल्लासका साथ नाच-गान ,खानपिन तथा दर खाने कार्यक्रमको आयोजना गरी भब्यताका साथ मनाएको छ ।
इस्ट रीडीङ्कोको सेमेट्री जक्सनमा अबस्थित द वयरहाउस पार्टी हलमा यही ८ सेप्टेम्बर २०१८ मा आयोजना गरिएको ऊक्त कार्यक्रमको सभापतित्व रेडिंग नेपाली समाजका अध्यक्ष कृष्ण न्यैपानेले गर्नु भएको थियो भने उद्घाटन रेडिंग आमा समाजकी अध्यक्ष चन्द्रा पुनः र GRNCA प्रथम महिला निर्मला न्यौपानेले पानसमा बत्ती बालेर संयुक्त रुपमा गर्नु भयक हो । कार्यक्रम संयोजक रेडिंग नेपाली समाजकी ऊपाध्यक्ष सुसीला गुरुंगले स्वागत भाषण गर्दै तिजको महिमा र नारीहरुको यो चाड प्रतीको लगाब र बर्तमान परिस्थिती प्रती आफ्नो भनाई राख्दै कार्यक्रम सफल बनाऊन सहयोग गर्नु हुने सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो भने सभापतीको आशनबाट अध्यक्ष न्यौपानेले ऊपस्थीत संपुर्ण महानुभाबहरुलाई तिजको शुभकामना ब्यक्त गर्दै करिब प्रन्घ्र मिनेटमात्र संचालन भएको छोटो-मिठो औपचारिक कार्यक्रमको समापन गर्नु भयो । कार्यक्रम संचालन महासचिव ओमकार अधिकारीले गरेका थिए।
साँझ १८:३० बजे शुरु भएको औपचारिक कार्यक्रम पऊने सातमा नै समापन भएको थियो भने बिचमा एकै छिन भोले बाबा को अबतारको रुपमा नागको माला , त्रिशुल र डमरुको साथमा भगवान शंकरजी को ऊपस्थितीले सबैलाई मनोरन्जन दिनुको साथै भाग्योदय चिट्टको पनी घोषणा गर्दै भोलेबाबा को बाहुलीबाटै सबै भाग्यमानीहरुले आशिर्वाद तथा पुरस्कार ग्रहण गरेका थिए । नाच-गान को कार्यक्रम बेलुका साडे दश बजे सम्मै चलेकोथियो भने सबैले भरपुर मनोरँजन लिएको देख्न सकिन्थ्यो ।
नेपाली महिलाहरुको बिशेष चाड तिजलाई GRNCA ले हरेक बर्ष मनाऊँदै आएको छ । यस पालीको तिजमा झण्डै दिदिबैनीहरुको लागी दर खुवाऊन अध्यक्ष न्यौपाने र प्रथम महिला श्रीमती निर्मला यस न्यौपाने ले खिरको सौजन्य गर्नु भएको थियो भने दही र फलफुलको सलादको सौजन्य संयोजक ऊपाध्यक्ष सुसीला गुरुंग र सल्लाहकार ढक गुरुंग ले गर्नुभएको थियो । कार्यक्रममा फोटो सौजन्य डा. शाहरा गुरुंगले गर्नु भएको थियो । कार्यक्रम सफल बनाऊन समाजका पुर्बअध्यक्ष ,सल्लाहकारज्युहरु र शुभचिन्तक दाजुभाईहरुको पनी मनग्य ऊपस्थितीले पनी कार्यक्रमको शोभा बढेको देख्न सकिन्थ्यो । रेडिंगबासी महिलाहरुले बैनी खचाखच भरिएको हलमा छुटपुट हिन्दी र फिल्मी गीत बाहेक प्राय नेपाली तिजका गित र सामुहिक नृत्यले सबैलाई मन्त्रमुध्द बनाऊनुको साथै सप्लाई नेपालमै भए जस्तो महसुस भएको थियो।
फोटोहरू:-