Monday November 28, 2022

अमेरिकामा खिचिएको 'अमेरीकन बाबु मेड इन नेपाल'को ट्रेलर आउट

२६ असार, २०७५ शीतलपाटीन्युज डटकम । 2260



शीतलपाटीन्यूज डटकम

काठमाडौ ।

नयाँ चलचित्र ‘अमेरीकन बाबु मेड इन नेपाल’को ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्रको सम्पुर्ण छायांकन अमेरिकामा गरिएको हो । सार्वजनिक ट्रेलरमा अमेरीका बस्ने नेपालीहरुकै कथा समेटिएको छ भने चलचित्रमा अमेरीकामा मै रहदै आएका नेपाली कलाकारहरुलाइ अभिनय रहेको छ । ईश्वर थापा निर्देशीत यो चलचित्र ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि.को ब्यानरबाट निर्माण गरिएको हो । चलचित्रको सम्पादन पनि निर्देशक थापाले नै गरेका हुन् ।

चलचित्रमा राजेश गुरुङ, मञ्जु रानामगर, संझना उप्रेतीको लगानी छ भने  नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारहरुको अभिनय छ ।  चलचित्र प्रदर्शन अमेरिकावाटै हुने तयारी भैरहेको जानकारी पनि निर्देशक ईश्वर थापाले भिजन संसारलाई बताएका छन्।अमेरिकाको न्यूयोर्कमा ९ सेप्टेम्बर र ब्रानफर्ट सिटीमा १६ सेप्टेम्बरमा रिलिज हुने निश्चित भैसकेको जानकारी पनि निर्देशक थापाले दिएका छन् ।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?