Saturday February 04, 2023

तिज फेसन शो तथा म्युजिकल ईभेण्ट भब्यताको साथ सम्पन्न

२६ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम 12188


तिज फेसन शो तथा म्युजिकल ईभेण्ट भब्यताको साथ सम्पन्न

शीतलपाटीन्युज डटकम, काठमाडौँ ।

एल एण्ड एन मोडल एजेन्सी प्रालिको आयोजनामा सम्पन्न भएको तिज फेशन शो तथा म्युजिकल ईभेण्टको भब्यताको साथ सम्पन्न भएको छ । प्रमुख अतिथि संचारकर्मी,कलाकार तथा समाजसेवी सुर्य चन्द र अभिनेता रमित ढुंगानाको उपस्थितिमा सम्पन्न फेसन शो मा मोडल कौशिक प्रसाई, अभिनेता नयन डिसी, मोडल संजय राजविक्रम, मोडल जेम्स बिसी लगायतका अन्य सेलिब्रेटीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।   

तिज फेसन शोमा फेसन डिजाइनर रश्मि बस्नेत, प्रमिला डंगोल, अनिल प्रधान, स्वीकृति पोखरेल, अनु शिल्पकार तथा एलभीडी एण्ड लाइभ अप डेनिमका आकर्षक ड्रेसहरु प्रस्तुत गरिएको थियो ।गायिका बुनु राइ मानन्धर, गायक रमेश श्रेष्ठ मेलोडी, गायक कर्णराज गिरि, गायिका शर्मिला श्रेष्ठ डान्सर गङ्गा जमुना खड्की, मारिया कार्की लगायतले उपस्थित भिड तथा दर्शकलाई मनोरंजन दिएका थिए  िमोडल तथा कोरियोग्राफर नितेन्द्र कर्णले कोरियोग्राफी गरेको उक्त फेसन शोमा २३ जना मोडलहरुले र्याम्पमा हिडेका थिए ।

एल एण्ड एन मोडल एजेन्सी प्रालिको सी ई ओ लक्ष्मी श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको तिज फेसन शो तथा म्युजिकल ईभेण्टमा ज्योति खड्काले कार्यक्रम संचालन गरेकी थिइन् ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?